नेपाल टी२० लिग

जनकपुरलाई पोखराको ६९ रनको लक्ष्य

काठमाडौं । शीर्ष ब्याटरले खराब प्रदर्शन गरेसँगै पोखरा एभेन्जर्सले नेपाल टी२० लिगमा जनकपुर रोयल्ससामु ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि आएका पोखरा १२ ओभरमा ६८ मात्र रनमा समित भयो ।

पोखराका सिद्धान्त लोहनीले १७ तथा सुमित महर्जन र कुशल मल्ले समान १६ रन जोडे ।अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन ।

पोखरालाई कम योगफलमा समेटेने क्रममा जनकपुरका सोमपाल कामीले दुई ओभरमा आठ रन खर्चदै तीन,ललित नारायण राजवंशी र सराफोैदिन अर्सफले समान दुई तथा पवन सराफ र ट्रेभोन ग्रिफ्टले समान एक विकेट लिए ।

८ खेलमा १० अंकसहित दोस्रो स्थानमा बसेको जनकपुर पोखरामाथि सहज जितसहित प्लेअफमा प्रवेश गर्न चाहन्छ ।

जनकपुरसँगको हारले पोखराको प्लेअफ प्रवेश सम्भावना कमजोर बन्नेछ ।