नेपाल टी२० लिग

टस जितेर जनकपुर फिल्डिङमा

काठमाडौं । जनकपुर रोयल्सले नेपाल टी२० लिगमा पोखरा एभेन्जर्सविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।

जनकपुर आठ खेलमा १० अंकसहित दोस्रो स्थानमा छ । पोखरामाथिको जितले जनकपुर प्लेअफमा प्रवेश गर्नेछ । नौ खेलमा १६ अंक जोडेको शीर्ष स्थानको लुम्बिनी अल स्टार्स यसअघि नै प्लेअफ प्रवेश गरिसकेको छ । 

सुरुआती पाँच खेलमा पराजित भएको पोखराले छैटौं खेलमा आएर जितको स्वाद चाखेको थियो । सातौं र आठौं खेलमा पनि पोखराले जित निकालेको थियो । पोखरा आठ खेलमा ६ अंकसहित चौथो स्थानमा छ । 

जनकपुरविरुद्धको हारले पोखराको प्लेअफ प्रवेश सम्भावना कमजोर बन्नेछ ।