भारतीय क्रिकेट

हार्दिक श्रीलंकाविरुद्धको शृंखलाका लागि कप्तानमा नियुक्त

काठमाडौँ । अलराउण्डर हार्दिक पाण्ड्यालाई टी–२० को कप्तान नियुक्त गरिएको भारतीय क्रिकेट बोर्डले जनाएको छ ।

हार्दिकले मंगलबारबाट सुरु हुने श्रीलंकाविरुद्धको शृंखलामा कप्तानी समाल्ने भएका हुन् । बिराट कोहली, रोहित शर्मा लगायतका सिनियर खेलाडीलाई विश्राम दिइएको खेल हार्दिकका लागि चूनौतीपूर्ण हुनेछ ।  
 

हार्दिकलाई टी–२० मा कप्तानका रुपमा स्थायी नियुक्त गरिएको हो या होइन भन्ने बारे क्रिकेट बोर्डले स्पष्ट पारेको छैन । 
 

हार्दिकले न्युजिल्याण्डविरुद्ध पनि कप्तानी गर्नै सम्भावना प्रबल छ । हार्दिककै कप्तानीमा गुजरात टाइटनले सन् २०२२ को इन्डियन प्रिमियर लिग(आइपिएल) को उपाधि जितेको थियो । हार्दिकले  सन् २०२३ को विश्वकपको उपाधि उचाल्ने लक्ष्यमा रहेका बताएका छन् ।