टेस्ट

पाकिस्तान र न्युजिल्यान्डबीचको पहिलो टेस्ट ‘ड्र’

कराँची । पाकिस्तान र न्युजिल्यान्डबीचको पहिलो टेस्ट ‘ड्र’ भएको छ ।

नेसनल स्टेडियममा पाकिस्तानले प्रस्तुत गरेको एक सय ३८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले एक विकेट गुमाएर ६१ रन बनाएको अवस्थामा पाँचौ तथा अन्तिम दिन समाप्त भएपछि खेल ‘ड्र’ भएको हो । न्युजिल्यान्डले दोस्रो इनिङमा  ७.३ ओभर मात्र ब्याटिङ गर्न पाएको थियो ।

न्युजिल्यान्डका लागि अविजित रहेका टम लाथमले ३५ तथा डेभोन कोन्वेले १८ रन बनाए । पाकिस्तानका लागि अब्रर अहमेदले एक विकेट लिए ।

यसअघि ७७–२ को स्थितीमा पाँचौ दिनको सुरुआत गरेको पाकिस्तानले ३११–८ को अवस्थामा दोस्रो इनिङको घोषणा गरेपछि न्युजिल्यान्डले एक सय ३८ रनको लक्ष्य प्राप्ता गरेको थियो । पाकिस्तानले थप 
दुई सय ५५ रन बनाउँदा ६ विकेट गुमायो

पाकिस्तानका लागि इमाम उल हकले दुई  ६ बलमा १० चौका र एक छक्का मद्दतमा सर्वाधिक ९७ रनको योगदान दिए । यसैगरी साउद सकिलले एक सय आठ बलमा सात चौका र एक छक्का मद्दतमा अविजित ५५ तथा सर्फराज अहमेदले ७६ बलमा सात चौका मद्दतमा ५३ रन जोडे ।

न्युजिल्यान्डका इश सोधीले ६ तथा माइकल ब्रेसवेले दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तान पहिलो इनिङमा चार सय ३८ रनमा समेटिएको थियो । ६१२–९ को अवस्थामा पहिलो इनिङ समाप्तीको घोषणा गरेको न्युजिल्यान्डले पहिलो इनिङमा एक सय ७४ रनको अग्रता लिएको थियो ।

श्रृंखलाको दोस्रो तथा अन्तिम टेस्ट जनवरी दुईबाट सुरु हुनेछ ।