नेपाल तेक्वान्दो महासंघ

विवादित खेल संस्थालाई खारेज गर्ने अधिकार राखेपलाई छः नेपाल तेक्वन्दो महासंघ

 

काठमाडौं । भर्खरै गठन भएको नेपाल तेक्वान्दो महासंघले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई विवादित खेल संस्थालाई खारेज गर्ने अघिकार रहेको बताएको छ ।

महासंघले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफ्नो गठन  तेक्वान्दोको विकाशका लागि भएको भन्दै विवादित संघहरुको  खारेज गर्ने अधिकार राखेपलाई ऐनले नै दिएको बताएको हो ।

राखेपले पुस ५ मा विवादित नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघलाई खारेज गर्दै प्रदिप जोशीको अध्यक्षमा २९ सदस्यीय नेपाल तेक्वान्दो महासंघ गठन गरेको थियो ।

महासंघले राखेपको यो निर्णय तेक्वान्दोमा रहेको विवादलाई हटाउँदै नयाँ ढङ्गबाट अघि बढ्ने कदम रहेको बताएको छ ।

महासंघले खारेज भएको नेपाल तेक्वान्दो संघले उच्च आदालतमा दायर गरेको मुद्दमा जारी भएको कारण देखाउ आदेश अनुसार आफ्नो धारण र आवश्यक कागजातसहित उपस्थित हुने जनाएको छ ।

यसैगरी महासंघले विवादका कारण तेक्वान्दोको विकाश हुन नसकेको भन्दै खारेज भएको नेपाल तेक्वान्दो संघप्रति असन्तुष्टि जनाएको छ ।