पेले

अन्तिम श्रद्धाञ्जलीका लागि पेलेको पार्थिव शरीर सान्तोष ल्याइने

सान्तोष । जुन रंगशालमा सर्वाकालिन महान् खेलाडी पेलेले आनो कलात्मक खेलले सबैको मन जिते त्यही रंगशालामा उनको अन्तिम श्रद्धाञ्जली हुने भएको छ ।

पेलेको बिदाइ सान्तोषले गर्ने भएको छ । पेलेले  आफ्नो करिअरको अधिकांश समय भिला बेल्मिरो रंगशालामै बिताएका थिए । भिला बेल्मिरोमा आउँदो सोमबार र मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि पेलको पार्थिव शरीर राखिने भएको हो  ।  

पेले लामो समय कोलोन क्यान्सरसँग लड्दै थिए । नोभेम्बर दोस्रो साताबाट साओ पाउलोस्थित अल्बर्ट आइनस्टाइन अस्पतालमा उपचाररत रहेका पेले उपचारकै क्रममा बिहीबार ८२ वर्षको उमेरमा संसारबाट बिदा भएका थिए ।

पेलेको पार्थिव शरीर शनिबार बिहानै सान्तोष ल्याइनेछ । त्यसपछि १० बजेबाट उनलाई राखिएको कफन  सान्तोषका हरेक गल्लीहरुमा लगिनेछ । २४ घण्टासम्म चल्ने शोक सभा पेलेको आमा बस्ने घर ल्याएर टुंगिनेछ ।

पेलेको शरीर सान्तोषस्थित ‘मेमोरियल नेक्रोपोल एकुमेनिका’ चिहानमा गाडिने छ । तर चिहान परिसरमा परिवारका सदस्यलाई मात्र प्रवेश अनुमती दिइने छ ।

तीनपटकका विश्वकप विजेता पेलेको सम्मानमा ब्राजिल सरकारले तीनदिनसम्म राष्ट्रिय शोकको घोषणा गरेको छ ।