मंसिर ६, २०८१ बिहीबार | १४:४४:५७
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ
शनिबारको दिन फुटबलका राजा पेले

पेलेः ब्राजिलका लागि फुटबलरभन्दा माथि

काठमाडौं । विश्वकप २०२२ को अन्तिम १६ मा दक्षिण कोरियामाथि ४–१ को सहज जित हासिल गरेपछि ब्राजिली खेलाडीहरुले सबभन्दा पहिला मैदानको बीच भागमा पेले लेखिएको एउटा ठूलो ब्यानर प्रदर्शन गरे । कोलोन क्यान्सरका कारण साओ पाउलोको एउटा अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेका पेलेको स्वास्थयलाभको कामना गर्दै ब्राजिली खेलाडीले त्यसो गरेका थिए ।

पेलेको स्वास्थ्यअवस्था निक्कै जटिल थियो । अस्पतालबाट उनी ठिक भएर फेरि नफर्कने निश्चित जस्तै थियो । यही कारण ब्राजिली खेलाडीले त्यसरी पेलेसँग ऐक्यबद्धता जनाउँदा पूरा विश्व फुटबल उनको सम्मानमा भावुक बनेको थियो ।

ब्राजिली खेलाडीले पेलेलाई यति धेरै माया र सम्मान गर्नुका कारण छन् ।

१९५८, १९६२ र १०७० मा गरि तीन पटक विश्वकप जित्ने एक्ला कीर्तिमानी ब्राजिली फुटबलका आदर्श पेलेलाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २००० मा सताव्दीका सर्वोत्कृष्ट खेलाडी घोषित गरेको थियो । पेलेले १९५६ देखि १९७७ सम्मको आफ्नो ज्वजल्यमान करियरिमा १२ सयभन्दा बढि गोल गरेका छन् ।

पक्कै पनि उनी विश्व फुटबल इतिहासले पाएकामध्ये मैदानभित्रका सबभन्दा असाधारण खेलाडी हुन् । तर, ब्राजिलका लागि पेलेको परिचय त्यतिमात्र होइन । विश्वकपमा उनले गरेको उच्च प्रदर्शनका कारण पेले विश्वकै पहिलो फुटबल सुपरस्टारका रुपमा स्थापित भए । सँगै मैदानभित्र उनले गरेको योगदानका कारण ब्राजिलले भने विश्वव्यापी रुपमा अमुल्य पहिचान पायो ।

ब्राजिलमा बसेर पत्रकारिता गरिरहेका स्कटिस प्रत्रकार एन्ड्र्यु डनी ब्राजिललाई विश्वमा चिनाउने कामको पूरा जस पेलेलाई दिनुपर्ने विचार राख्छन् । डक्टर सोकरेट्सका लेखक डनीलाई उद्यृत गर्दै एनाडोलु एजेन्सीले लेखेको छ, ‘पेलेभन्दा पहिला ब्राजिलको बारेमा बाँकी विश्वलाई कुनै जानकारी थिएन । १९५० को दशकसम्म धेरै मानिसले नक्सामा ब्राजिललाई भेट्दैनथे । तर पेलेपछि, खासगरि विश्वकप १९७० पछि पूरा विश्वले ब्राजिललाई चिन्यो र फुटबलको सच्चा घरको दर्जा दियो । यो साच्चै नै पेलेले स्थापना गरेको लोभलाग्दो बिरासत हो ।’

आफ्नो जमानामा पेले अदभुत प्रतिभा भएका खेलाडी थिए । यही कारण मैदानमा विपक्षी रक्षकका लागि उनलाई रोक्नु असम्भव जस्तै हुनथयो । डनीका अनुसार पेलेले मैदानभित्र ‘जे पनि’ गर्न सक्थे । यही कारण उनको प्रभाव पनि अपार थियो ।

‘हेड, सट, पास, ड्रिबल, ट्याकल र स्कोर गर्ने सबै काम उनी दुवै खुट्टाले गर्थे । छातीले बल नियन्त्रणमा लिने र पास दिने उनको खुबी तारिफयोग्य थियो । उनमा नेतृत्वदायी क्षमता थियो । मैदानभित्र भिजन र पावरसँगै स्पिड र स्ट्रेन्थ पनि पर्याप्त थियो । समग्रमा भन्दा एउटा राम्रो फुटबलर बन्न चाहिने सबथोक उनमा थियो,’ डनीले अगाडि भनेका छन्, ‘एउटै खेलाडीमा यी सब गुण भएको भनेको पेलेमा मात्र हो । त्यसपछि कोही पनि यस्तो खेलाडी देखिएको छैन । उनी फुटबल जगतमा सबैभन्दा माथि छन् । ब्राजिली फुटबलमा सबैजना उनलाई आदर्श मान्छन् ।

९२ खेलमा ७७ अन्तर्राष्ट्रिय गोल गरेका पेले विश्व फुटबलमा तीन पटक विश्वकप जित्ने एकमात्र खेलाडी हुन् । पहिलो पटक १९५८ मा स्वीडेनमा विश्वकप जित्दा उनी १७ वर्षका मात्र थिए । तीन खेलमा ६ गोल गर्दै आफ्नो देशलाई पहिलो पटक विश्वकप जिताउन महत्वपूर्ण भुमिका निर्वाह गरेपछि उनले विश्वको ध्यान तानेका थिए ।

१९६६ मा दोस्रो खेल दौरान नै उनी नराम्ररी घाइते भए । त्यसपछि प्रतियोगिताका बाँकी खेल खेल्न सकेनन् । तर १९७० को विश्वकप उनी र ब्राजिलका लागि विशेष रहयो । उनी र उनको देशले तेस्रो पटक विश्वकपको उपाधि जित्यो ।

फुटबलको सर्वकालिन महान खेलाडी को भन्ने बहसमा तीन पटकका विश्व विजेताको नाम सधै तानिइरहन्छ । पक्कै पनि महान खेलाडीहरुको बीचमा पनि सबभन्दा माथि रहनका लागि पेले हकदार छन् । अहिलेको दाँजोमा निक्कै कठिन समयमा पनि त्यति धेरै सफलता त्यसका लागि पर्याप्त हुने डनीको बुझाई छ ।

‘मैदान अहिलेजस्तो राम्रो हुँदैनथ्यो । मोजाहरु गरुङ्गा हुन्थे । बुट अहिलेजस्तो नरम हुँदैनथ्यो । बल पनि भारी र गोलाई पनि नमिलेका हुन्थे । पछाडिबाट ट्याकल गर्न र मानिसको मुखमा थुक्न समेत पाइन्थ्यो । मैदानका सबथोक रेकर्ड गर्न २४ वटा क्यामरा तैनाथ हुँदैनथे,’ डनी भन्छन्, ‘पेलेले खेलका लागि बसमा यात्रा गर्नुपर्थ्यो । १० महिनासम्म हप्ताको दुई खेल खेल्नुपर्थ्यो । तर उनीसँग फिजियो वा डाक्टर हुँदैनथे । भर्खरै विश्वकप जितेर सबथोक जित्ने खेलाडीको रुपमा सर्वकालिन महान खेलाडीको बहसमा नाम झन चर्को श्वरमा लिइन थालेका लियोनेल मेसी र पेलेको अवस्था फरक छ । यसकारण पनि फुटबलमा पेलेसँग अरुको तुलना सम्भव छैन । उनी सबभन्दा माथि छन् ।’