बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला

हङकङ क्रिकेट क्लबविरुद्ध बागमतीको क्लिन स्विप

काठमाडौँ । बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखलामा बागमती प्रदेशले ‘क्लिन स्विप’ गरेको छ ।

बागमतीले मूलपानी क्रिकेट मैदानमा सोमबार सम्पन्न दोस्रो तथा अन्तिम खेलमा हङकङ क्रिकेट क्लबमाथि बागमति प्रदेशले ४ विकेटको जित निकालेको हो ।  

हङकङले प्रस्तुत गरेको एक सय दुई रनको लक्ष्य पछ्याएको बागमतीले ६ विकेटको २९.२ ओभरमा ६ विकेट गुमाउँदै  भेट्टायो ।

बागमतीका लागि सोनी पाख्रिनले ४४ बलमा चार चौका मद्दतमा सर्वाधिक २७ रनको योगदान दिइन् ।  यसैगरी कञ्चन श्रेष्ठले २५ तथा सलिना सिलवालले अविजित २१ रन जोडे ।  

हङकङका लागि बेलीले चनले तीन,इमा साईले दुई तथा कार्या चनले एक लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङलले २५ ओभरमा सबै विकेट गुमाउँदै एक सय एक रनको योगफल तयार पारेको थियो । 

हङकङका लागि कार्या चनले २८ बलमा तीन चौका मद्दतमा सामना गर्दै सर्वाधिक २२ को योगदान दिइन् । इमा साईले १६ रनको योगदान दिदाँ अन्य ब्याटरले  दोहोरो अकंसम्म जोड्न सकेनन् ।

बागमतीका लागि खुसि डंगोल र सोनी पाख्रिनले समान तीन,अस्मिना कर्माचार्यले दुई तथा विपिसा शाहीले एक विकेट लिए । 
।  
आइतबार भएको पहिलो खेलमा दुई विकेटको जित हात पारेको  बागमतीले ४० ओभरको दुई श्रुंखला २-० ले आफ्नो पक्षमा पारेको हो ।

अब बागमती र हंङकङबीच मंगलबारबाट दुई खेलको टी-२० श्रृंखला  हुनेछ ।