चैत्र ९, २०८२ सोमबार | ०७:५४:२६
मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो

स्पेनिस फुटबल टिमलाई राजदुत डा. ढकालले गरिन बिदाई

काठमाडौं । नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्नका लागि स्पेनिस फुटबल टिम कासेरेन्यो सिपीको ५० सदस्यीय टोली सोमबार मड्रिडबाट काठमाडौंका लागि उडेको छ ।

कतार एयरको विमानबाट टोली दोहा हुँदै मंगलबार बिहान सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ । विमानस्थलबाट टोली सोझै पोखराका लागि उड्नेछ ।

पोखरा र काठमाडौंमा स्थानीय टिमसँग एक/एक मैत्रीपूर्ण खेल खेल्न आउन लागेको स्पेनिस लिग संरचनाको दोस्रो डिभिजनको टोलीलाई सोमबार मड्रिड विमानस्थलमा स्पेनका लागि नेपाली राजदुत डा. सर्मिला पराजुली ढकालले बिदाई गरिन ।

बिदाईको अवसरमा राजदुत डा. ढकालले टिमको सखुद नेपाल बसाईको कामना गर्दै दुई देशको खेलकुदलाई एक-अर्कासँग जोड्ने प्रयासमा यो पहिलो पाइला हुने विश्वास व्यक्त गरिन ।

‘नेपाल एउटा शान्तिप्रेमी देश हो । नेपालले सधै विश्वमा शान्तिको सन्देश प्रवाह गर्दै आएको छ । नेपाल सरकार शान्तिका लागि गरिने सबैखाले प्रयासमा सहयोग गर्न सधै तत्पर छ,’ स्पेनिस टिमको बिदाईका क्रममा राजदुत डा. ढकालले भनिन्, ‘ तपाईहरुको यो भ्रमणले नेपाल र स्पेनको सम्बन्धले नयाँ उचाई हासिल गर्नेछ ।’

स्पेनस्थित नेपाली राजदुतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी गार्डेन फाउन्डेसनले कासेरेन्योको नेपाल भ्रमण आयोजना गरेको हो ।

स्पेनिस कोडा डेल रेको अन्तिम ३२ अन्तर्गत जनवरी चारमा रियाल मडिर्डसँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेको कासेरेन्योले नेपाल भ्रमणमा हुने दुई खेललाई त्यसको अभ्यासका रुपमा प्रयोग गर्ने योजना बनाएको छ ।

‘शान्तिका लागि फुटबल’को नाराका शाथ नेपालबाट सम्पूर्ण विश्वलाई शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यमा हुन लागेको मैत्रीपूर्ण भ्रमणमा कासेरेन्योले गण्डकी ११ र काठमाडौं ११ सँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङ कप्तानीमा रहने गण्डकी ११ को प्रशिक्षणको जिम्मेवारी राजेन्द्र तामाङले पाएका छन् । टोलीमा प्रदेशका अन्य राष्ट्रिय खेलाडीहरुको उपस्थिती रहने बताइएको छ ।

यसैगरी काठमाडौं ११ को टिम राष्ट्रिय टोलीका अर्का पूर्व कप्तान विराज महर्जनको नेतृत्वमा रहनेछ । काठमाडौं टोलीको प्रशिक्षक मेघराज केसी हुनेछन् भने टिममा काठमाडौंमा रहेका अन्य राष्ट्रिय खेलाडीहरु समावेश छन् ।

कासेरेन्योले बुधबार पोखरा रंगशालामा गण्डकी ११ तथा बिहीबार दशरथ रंगशालामा काठमाडौं ११ सँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । क्रिस्मस मनाएर काठमाडौं आउने टोली दुई खेललगत्तै नयाँ वर्ष मनाउन स्पेन फर्किने आयोजक लुम्बिनी गार्डेन फाउन्डेसन नेपालका अध्यक्ष तथा लुम्बिनी गार्डेन फाउन्डेसन स्पेनका महासचिव एकराज गिरीले जानकारी गराएका छन् ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो