नेपाली महिला क्रिकेट

बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला आइतबारदेखि

काठमाडौं ।  नवौं राष्ट्रिय खेलकुदमा सहभागी बागमती प्रदेशको महिला टोली र हङकङ क्रिकेट क्लबको महिला टोलीबीच आइतबार देखि बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला हुने भएको छ ।

प्रदेश खेलकुद विकास परिषद्,बागमती प्रदेश,पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा हुन लागेको श्रृंखलामा चार मैत्रीपूर्ण खेल खेलाइने छ ।

  श्रृंखलामा दुई खेल ४० ओभरको हुनेछ भने बाँकी  दुई  खेल टी– २० हुने परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले जनाएका छन् । मूलपानी क्रिकेट मैदानमा श्रृंखलाअन्तर्गत डिसेम्बर २५ र २६ तारिखमा ४० ओभरको खेल खेलाइने छ । डिसेम्बर २७ र २९ तारिखमा टी– २० खेल हुनेछ ।

बागमती प्रदेशको महिला टिमले नवौं राष्ट्रिय खेलकुदमा कांस्य पदक जितेको थियो । हङकङ क्रिकेट क्लबको टोलीमा कप्तान क्यारी चेनसहित हङकङको राष्ट्रिय टोलीबाट खेलि सकेका अन्य ६ खेलाडी रहेको आयोजकले जनाएको  छ ।

नेपालमा महिला क्रिकेटको सम्भावना,अन्तर्राष्ट्रिय स्तरमा बढ्दो लोकप्रियता तथा क्रिकेटको विकास र प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यले श्रृंखला आयोजना गर्न लागिएको सदस्य–सचिव भण्डारीले बताए ।