आइसिसी विश्वकप क्रिकेट लिग टु

सोमपालको स्थानमा करणलाई मौका

काठमाडाैं । आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीयमा नेपालले स्कटल्यान्डविरुद्ध टोलीमा एक परिवर्तन गरेको छ । नामिबियाविरुद्ध मौका पाएका तीब्र गतीका बलर सोमपाल कामी बाहिरिँदा उनको स्थानमा अर्का तीब्र गतीका बलर करण केसीले मौका पाएका छन् ।

नामिबियास्थित युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा नेपालले टस हारेरे ब्याटिङ गर्ने भएको छ ।  नेपाल २१ खेलमा १८ अंकसहित छैटौ स्थानमा छ । स्कटल्यान्ड भने २९ खेलबाट ४२ अंकसहित दोस्रो स्थानमा  छ ।

त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा बिहीबार स्कटल्यान्डले नामिबियालाई पराजित गरेको थियो । नेपालले भने शुक्रबार वर्षा बाधक बन्दा नामिबियासँग अंक बाँडेको थियो ।

हालसम नेपाल र स्कटल्यान्डले एक अर्काविरुद्ध दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दा दुवै टोलीले समान एक जित हात पारेका छन् ।


नेपाली टाेलीः

रोहितकुमार पौडेल(कप्तान), ज्ञानेन्द्र मल्ल,दीपेन्द्र सिंह ऐरी, आसिफ शेख(विकेटकिपर),अर्जुन साउद,,आरिफ शेख,कुशल भुर्तेल,करण केसी,ललितनारायण राजवंशी,गुल्सन झा ,सागर ढकाल