आइसिसी विश्वकप क्रिकेट लिग टु

नेपाल टस हारेर ब्याटिङमा

काठमाडौं ।  आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीयमा नेपालले दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध टस हारेर ब्याटिङ गर्ने भएको छ ।

नामिबियास्थित युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा स्कटल्यान्डले  टस जितेर  फिल्डिङ रोजेको हो ।

नेपाल २१ खेलमा १८ अंकसहित छैटौ स्थानमा छ । स्कटल्यान्ड भने २९ खेलबाट ४२ अंकसहित दोस्रो स्थानमा  छ ।

त्रिकोणात्म शृंखलाको पहिलो खेलमा बिहीबार स्कटल्यान्डले नामिबियालाई पराजित गरेको थियो । नेपालले भने शुक्रबार वर्षा बाधक बन्दा नामिबियासँग अंक बाँडेको थियो । 

हालसम्म नेपाल र स्कटल्यान्डले एक अर्काविरुद्ध दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दा दुवै टोलीले समान एक जित हात पारेका छन् ।