एक दिवसीय

भारत र न्युजिल्यान्डबीचको दोस्रो खेल रद्द

ह्यामिल्टन । लगातारको वर्षाका कारण भारत र न्युजिल्यान्डबीचको दोस्रो एक दिवसीय खेल रद्द भएको छ । 

आइतबार टस हारेर ब्याटिङका लागि आएको भारत १२.५ ओभरमा ८९–१ को स्थितीमा रहँदा वर्षा सुरु भएपछि खेल रोकिएको थियो । शुभमन गिल अविजित ४६ र सुर्यकुमार यादव अविजित ३४ रनमा खेलिरहेका थिए । 

लगातारको वर्षाले खेल सम्भव नभएपछि खेल रद्द भएको हो । यसअघि वर्षाकै कारण खेल २९ ओभरमा घटाइएको थियो ।

शुक्रबार सम्पन्न पहिलो एकदिवसीय खेलमा सात विकेटको जितसहित न्युजिल्यान्डले तीन एक दिवसीय खेलको शृंखलामा १–० को अग्रता लिएको थियो ।