वाई वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

कर्णाली प्रदेशको पहिलो जित

काठमडौं । मधेश प्रदेशले आइतबार वाई वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । 

मुलपानी क्रिकेट मैदानमा कर्णालीले मधेश प्रदेशमाथि दुई विकेटको जित निकाल्यो । यसअघिका दुई खेलमा भने कर्णाली पराजित भएको थियो ।

मधेशले प्रस्तुत गरेको एक सय ३६ रनको लक्ष्य कर्णालीले ३४.४ ओभरमा आठ विकेट गुमाउँदै पूरा गरेको थियो ।

कर्णालीका लागि मोहन बिकले ४० बलमा ६ चौका मद्दतमा अवजित ३८ रन जोडे भने ओपनर मनिष थापाले ३२ रन जोडे ।

मधेशका मञ्जित कुमारले पाँच, अविजित मण्डलले दुई र राजेश यादव एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको मधेशले ४१.५ ओभरमा सबै विकेट गुमाउँदेै एक सय ३८ रनको योगफल खडा गरेको थियो । 

मधेशका शैलेन्द्र शाहले ४८ बmमा पाँच चौकामद्दतमा ३१ रन जोडे ।

कर्णालीका युनिस सिंहले पाँच तथा मोहन बिक र अभाष शाहले समान दुई विकेट लिए ।्

मधेश प्रदेशको भने यो लगातार तेस्रो हार हो ।