प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता

एपिएफलाई प्रधानमन्त्री कपको उपाधि

काठमाडौं । साविकको विजेता त्रिुभवन आर्मी क्लबलाई चार विकेटले हराउँदै एपिएफले शनिबार प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आर्मीले प्रस्तुत गरेको एक सय ८० रनको लक्ष्य एपिएफले ३८.३ ओभरमा ६ विकेट क्षतीमा पूरा गरेको थियो । 
एपिएफका भुवन कार्कीले ८२ बलमा चार चौका र एक छक्का मद्दतमा ५५ रन जोड्दा सुमित महर्जनले ३४ रन जोडे ।

आर्मीका जितेन्द्र मुखियाले दुई तथा सोमपाल कामी र विक्रम सोबले समान एक विकेट लिए ।

समूह चरणको भेटमा पनि एपिएफले आर्मीलाई हराएको थियो । आर्मीले गत संस्करणमा एपिएफलाई पनि हराउँदै उपाधि जितेको थियो । 
यसअघि टस हारेर ब्याटिङका लागि आएको आर्मीले ३९ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७९ रनको योगफल खडा गरेको थियो ।

आर्मीका रोहित पौडेलले  ५६ बलमा तीन चौका मद्दतमा ४९ रन जोडे । त्यस्तै जितेन्द्र मुखियाले २५ बलमा तीन चौका मद्दतमा अविजित २४ रन जोडे भने सुशन भारीले २५ बलमा दुई चौका मद्दतमा १९ रन जोडे ।

एपिएफका मौसम ढकाल र अमरसिंह रौटेलाले समान तीन तथा किशोर महतोले दुई विकेट लिए ।