वैशाख २८, २०८२ आइतबार | २२:१३:४८
नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

ब्राजिल विश्वकपबाट प्रेरणा लिने कोस्टारिकाको उद्देश्य

साना टिमले ठूला टोलीलाई पराजित गर्नु फुटबलमा सामान्य विषय हो । विश्वकै सबभन्दा लोकप्रिय र रोमाञ्चक मानिने यो खेलको विशेषता नै यही हो । यस्तै अनपेक्षित नतिजाका कारण नै हो फुटबल विश्वमा सबभन्दा लोकप्रिय भएको ।

विश्व फुटबलमा कमजोर मानिएका टिमले दाबेदारलाई हराएका थुप्रै उदाहरण छन् । त्यसमा कोस्टारिकाको नाम छुटाउन सकिन्न । २०१४ मा ब्राजिलमा भएको विश्वकपमा फुटबलको नक्सामा निक्कै कठिनसाथ खोज्नुपर्ने कोस्टारिकाले ठूला टिमहरुलाई निराश पारेको थियो ।

समूह चरणमा इङ्ल्यान्ड, उरुग्वे र इटाली जस्ता विश्व फुटबलका तीन महारथीहरु रहेको समूहबाट विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो । उरुग्वे र इटालीलाई हराएको टोलीले इङ्ल्यान्डसँग बराबरी नतिजा निकालेको थियो ।

चौथो पटक विश्वकप खेल्दै गरेको कोस्टारिकाले प्रतियोगितामा अन्तिम आठ सम्मको यात्रा गर्दै सनसनी मच्चायो । कोस्टारिकाको विश्वकप इतिहासमा त्यो अहिले सम्मकै ठूलो उपलब्धि हो । २०१४ को त्यो कोस्टारिकन टिमले फुटबलमा कुनै पनि कुरा असम्भव छैन भन्ने सन्देश दिन्छ ।

अन्तिम १६ मा ग्रीसलाई टाइ ब्रेकरमा पराजित गरेको कोस्टारिका अन्तिम आठमा नेदरल्यान्ड्ससँग पराजित हुन पुग्यो । टाइ ब्रेकरमा पेनाल्टीकै लागि भनेर मैदान प्रवेश गराइएका टिम क्रुलले महत्वपूर्ण दुई पेनाल्टी बचाउँदा नेदरल्यान्ड्स विजयी भएको थियो । कोस्टारिकाका कप्तान ब्रायन रुइज र माइकल उमानाले पेनाल्टी खेर फालेका थिए ।

अन्तिम आठमा पराजित भए पनि कोस्टारिकाले विश्वभरका फुटबल प्रशंसकको मन जित्यो । खेलाडीहरु विश्वका ठूला क्लबको नजरमा परे । प्रतियोगिता अवधिभर उत्कृष्ट गोलकिपिङ गरेका केलोर नाभासलाई रियल मड्रिडले अनुबन्ध गर्यो । रियलका लागि पहिलो रोजाइका गोलरक्षक बनेका नाभासले त्यहाँ २०१६ देखि २०१८ को सिजनमा लगातार तीन पटक च्याम्पियन्स लिगको उपाधि जिते । हाल उनी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)मा आबद्ध छन् ।

कोस्टारिकाले अहिलेसम्म पाँच वटा विश्वकप खेलेको छ । कोस्टारिका फुटबल संघको १९२१ जुन १३ मा स्थापना भएको थियो । १९२७ मा फिफाको आधिकारिक सदस्यता लिए पनि कोस्टारिका १९५४ सम्म फिफा प्रतियोगितामा प्रवेश गरेन ।

१९५८ देखि विश्वकप छनोट खेल्न थालेको कोस्टारिका ३२ वर्षसम्म विश्वकपका लागि योग्य हुन सकेन । १९९० विश्वकप कोस्टारिकाको पहिलो विश्वकप हो । १९८९ को कन्काकाफ च्याम्पियनसिप जितेपछि टोलीले पहिलो पटक विश्वकपमा स्थान बनाएको थियो ।

स्कटल्याण्डविरुद्ध १–० को जित निकाल्दै कोस्टारिकाले विश्वकपको सुरुआत गर्यो । उसका लागि विश्वकप इतिहासकै पहिलो गोल वान कायासोले गरेका थिए । दोस्रो खेलमा ब्राजिलसँग १–० ले पराजित भएको कोस्टारिकाले तेस्रो खेलमा स्वीडेनलाई २–१ को नतिजामा हरायो ।

विश्वकपको ‘डेब्यु’ संस्करणमै नकआउट चरण पुगेको टोली अन्तिम १६ मा चेकोस्लोभाकियासँग ४–१ को फराकिलो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको थियो । इटाली १९९०, कोस्टारिकाको  फुटबलमा महत्वपूर्ण क्षण मानिन्छ । यहि विश्वकपले कोस्टारिकामा व्यावसायिक फुटबलको विकास भएको हो । यसअघि खेलाडीहरु गैर व्यावसायिक थिए, उनीहरु आफ्नो जीविकोपार्जनका लागि अन्य व्यावसाय गर्थे ।

१९९० पछि टोलीले १२ वर्ष विश्वकपको कुनै पनि संस्करण खेलेन । जापान–दक्षिण कोरिया २००२ टोलीको दोस्रो विश्वकप हो । २००२ मा टिम एक जित, एक बराबरी र एक हारका साथ चीन, टर्की र ब्राजिल रहेको समूहमा तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो ।

२००६ मा टिमले तीन वटै खेलमा पराजय बेहोर्यो । प्रतियोगिताको उद्घाटन खेलमा जर्मनीसँग ४–२ को हार बेहोरेको टोली दोस्रो खेलमा इक्वेडरसँग ३–० ले पराजित भयो । तेस्रो खेलमा पनि पोल्यान्डसँग १–२ ले पराजित भएपछि कोस्टारिका अंकविहिन भएर घर फर्कियो । २०१० को विश्वकपमा स्थान बनाउन नसकेको टोलीले २०१४ मा आफ्नो विश्वकप इतिहासकै उत्कृष्ट प्रदर्शनका साथ क्वार्टरफाइनलको यात्रा गर्यो ।

रुसमा चार वर्षअघि सम्पन्न पछिल्लो विश्वकपमा कोस्टारिका पहिलो दुई खेलमा सर्बिया र ब्राजिलसँग पराजित भयो । समूहको अन्तिम खेलमा स्विट्जरल्यान्डका सोमरले इन्जुरी समयमा आत्मघाती गोल गर्दा मात्र २–२ को बराबरी नतिजा निकालेर टोली अंक विहिन हुनबाट जोगिएको थियो ।

कन्काकाफ छनोट प्रतियोतिगाका १४ खेलमा सात जित, चार बराबरी र तीन हारको नतिजा निकालेको टोली चौथो भएको थियो । तेस्रो स्थानसम्मको टोली सोझै छनोट हुने व्यवस्था रहेकोमा कोस्टारिका हेड टु हेडमा अमेरिकासँग पछि परेको थियो । समान २५ अंक जोडेको अमेरिका तेस्रो स्थानमा रहेर सोझै कतारको टिकट काट्न सफल भएको थियो ।

चौथो स्थानमा सीमित कोस्टारिकाले भने अन्तरमहादेशीय प्लेअफमार्फत कतारको बाटो खोजेको थियो । जहाँ न्युजिल्यान्डमाथि १–० को जित दर्ता गराउँदै कोस्टारिका लगातार तेस्रो विश्वकपका लागि छनोट भयो ।

कतार विश्वकपको समूह ‘इ’ मा टोलीले दुई पूर्व च्याम्पियन टोली स्पेन र जर्मनी तथा एसियाली महारथी जापानसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । जसका कारण कोस्टारिकाको विश्वकप यात्रा कठिन हुने अनुमान गर्न सकिन्छ । तर, टोली २०१४ को बहादुरीबाट प्रेरणा लिन चाहन्छ ।

हेर्न लायक खेलाडी

केलोर नाभास, पेरिस सेन्ट जर्मन

२०१४ ब्राजिल विश्वकप कोस्टारिकाका गोलकिपर केलोर नाभासका लागि आफ्नो फुटबल करियरको टर्निगं पोईन्ट थियो । कोस्टारिकाले ब्राजिलमा क्वार्टरफाइनलसम्मको यात्रा गर्दा नाभास टिमका प्रमुख खेलाडी थिए । ब्राजिलमा गरेको प्रदर्शनले नाभास युरोपका शीर्ष क्लबहरुको नजरमा परेका थिए । ब्राजिलमा गरेको उच्च प्रदर्शनपछि नै नाभासलाई स्पेनिस ला लिगाको महारथी रियाल मड्रिडले अनुबन्ध गरेको थियो ।

सन् २०१६ देखी २०१८ सम्म रियालले कीर्तिमानी लगातार तीन पटक च्याम्पियन्स लिगको उपाधि जित्दा नाभास सो टोलीका पनि प्रमुख खेलाडी थिए ।

सन् २०१९ मा भने उनी फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा अनुबन्ध भएका थिए । ग्रुप अफ डेथ मानिएको समूह इ मा स्पेन, जर्मनी र जापान जस्ता टोलीहरुलाई पन्छाएर अगाडि बढ्ने हो भने ३५ वर्षे नाभासको अनुभव कोस्टारिकाका लागि महत्वपूर्ण साबित हुन सक्छ । 

 

विश्वकपमा कोस्टारिका

विरुद्ध स्पेन (अल बायात रंगाशाला)

मंसिर ७ गते  (राति ९ः४५ बजे )

विरुद्ध जापान  (अहमद बिन अलि रंगशाला)

मंसिर ११ गते (दिउस ३ः४५ बजे)

विरुद्ध  जर्मनी (अल बायात रंगाशाला)

मंसिर १५ गते (१२ः४५ बजे)

 

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP