इङ्लिस प्रिमियर लिग

अग्रता बढाउँदै आर्सनल

लन्डन । साविकको विजेता म्यानचेस्टर सिटी पराजित भएको दिन आर्सनलले भने उल्भरहमटनमाथि २-० को जितसहित इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा ५ अंकको अग्रता लिएको छ ।

शनिबार सम्पन्न खेलमा दोस्रो स्थानको सिटीले ब्रेन्टफोर्डलाई २-१ को नतिजा सुम्पिएसँगै आर्सनलसामु अग्रता बढाउने अवसर जुरेको थियो । मिकेल अर्टेटाको टोली सो अवसरको सदुपयोग गर्न सफल भयो ।

आर्सनल १४ खेलमा ३७ अंकसहित शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको सिटीभन्दा ५ अंक बढी हो । जारी सिजन आर्सनल प्रिमियर लिगमा उत्कृष्ट लय कायम राख्ने क्रममा १३ मध्ये १४ खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ । एक खेलमा भने आर्सनल पराजित भएको थियो ।

५५औ मिनेटमा मार्टिन ओडीगार्डले गरेको गोलमा आर्सनलले अग्रता लिएको थियो । ७५औं मिनेटमा ओडीगार्डले आर्सनलको अग्रता दोब्बर पारेका थिए ।

शनिबार सम्पन्न अन्य खेलमा लिभरपुलले साउथहमटनलाई ३-१ ले हराउँदा टोटनहमले लिड्समाथि ४३ को जित निकाल्यो ।