क्यान

रोहित राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको छ ।

क्यानले उपकप्तान रोहितलाई कप्तानमा नियुक्त गरेको हो । तत्कालिन कप्तान सन्दिप  लामिछानेमाथी नाबालिक बलात्कारको आरोपमा मुद्दा परेसँगै क्यानले उनलाई राष्ट्रिय टोलीका साथै कप्तानबाट समेत बर्खास्त गरेको थियो ।

हाल  सन्दिप पुर्पक्षका लागि केन्द्रिय कारागार सुन्धारामा छन् । 

रोहितले सन् सन् २०१८ अगस्ट तीनमा नेदरल्यान्ड्सविरुद्ध को खेलसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट एक दिवसीय क्रिकेटमा डेब्यु गरेका थिए । रोहितले सन् २०१९ जनवरी ३१ मा युएईविरुद्धको खेलसँगै अन्तर्राष्ट्रिय ट्वान्टी२० खेलमा डेब्यु गरेका थिए । 

उनले नेपालबाट १९ एक दिवसीय खेलमा सात सय पाँच रन बनाएका छन् भने १६ ट्वान्टी२० खेलमा दुई सय २० रन जोडेका छन् ।

रोहितको कप्तानीमा नेपालले घरेलु मैदानमा युएईविरुद्धको तीन एक दिवसीय शृंखला खेल्नेछ ।