बार्सिलोना

तपाई जेरार्ड पिकेलाई चिन्नुहुन्छ ?

काठमाडौँ । ‘क्युलर्स, मलाई केही भन्नु छ,’ यही नोभेम्बर महिनाको एक साँझमा जेरार्ड पिकेले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखे । यो एक वाक्यको सन्देश बार्सिलोना समर्थक (क्युलर्स) ले थाहा पाइहाले । पिकेको बार्सिलोना यात्रा अन्त्य हुँदैछ भनेर ।
 
पिकेले बार्सिलोनाका लागि १५ वर्ष खेले । जन्मिएको दिनबाटै उनी बार्सिलोनाको समर्थक बनिहाले । पूरा परिवारै बार्सिलोना समर्थक भएपछि उनीसँग अर्को विकल्प थिएन ।

बार्सिलोनाका लागि ६ सय १५ खेल खेलेका पिकेको बिदाई भिडियो छोटो थियो, तर देखाउनु पर्ने कुरा जति सबै भएको । बार्सिलोनाको जर्सी लगाएका फुच्चे पिकेदेखि बार्सिलोनाका स्थापित खेलाडी पिकेसम्म । यी सबै क्षण भिडियोमा कैद थिए । भिडियोको सबैभन्दा महत्त्वपूर्ण सन्देश चाहिँ यस्तो थियो, पिकेले बिदा लिँदैछन् । कमसेकम अहिलेका लागि ।


  
‘तपाइँहरु मलाई चिन्नु हुन्छ । त्यसकारण सबैलाई थाहा छ, ढिलो चाँडो म फर्कीआउनेछु,’ पिकेले भनेका छन् । हो पिके एकदिन बार्सिलोना फर्कनेछन् । फरक भूमिकामा । सायद क्लब निर्देशक बनेर । वा अध्यक्ष नै पनि हुनसक्छन् । जे होस्, उनले बार्सिलोनामा पुनरागमन गर्नेछन् । यो चाहिँ झुटो कुरो होइन ।
 
नोभेम्बर ६, शनिबारको रात, बार्सिलोनाविरुद्ध अल्मेरिया । पिकेले क्याम्प नोउमा खेलेको अन्तिम खेल यही हो । खेल सकिएपछि पिकेले सबैसँग बिदा मागे।  भक्कानिए । आँसुसरी बने । त्यहीबेला वाचा गरे, म फर्केर आउनेछु । त्यसको तीन दिनपछि पिकेले बार्सिलोनाका लागि अन्तिम खेल खेल्ने तालिका थियो । तर ओसासुनासँगको त्यो खेलमा मैदान प्रवेश नगरी रातो कार्ड पाए । ‘फोर्थ अफिसियल’ सँग अनावश्यक विवाद गरेको भन्दै उनलाई सिधा रातो कार्ड दिइएको थियो ।

संन्यास लिने पिकेको निर्णय अपेक्षित थिएन । तब त कार्लोस पुयोल छक्क परे । ‘म स्तब्ध भएको छु,’ पुयोलको प्रतिक्रिया थियो । स्तब्ध हुने सूचीमा पुयोल एक्लो थिएनन् । किनभने पिकेले संन्यास लिँदैछन् भनेर कसैलाई थाहा थिएन । कतिसम्म भने बार्सिलोनाकै कोही खेलाडीलाई पिकेले आफ्नो योजना सुनाएका थिएनन् । बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले पनि पिकेले यही समयमा संन्यास घोषणा गर्दैछन् भनेर अनुमान गर्न नसकेको बताएका छन् ।

पिकेले आफूलाई मन लागेको बेला निर्णय लिए । बार्सिलोनाभित्र र बाहिर महिनौँदेखि पिकेको संन्यासको हल्ला चलिरहेको थियो । त्यसबेला पिके केही बोलेनन् । ‘अब बोल्ने पालो मेरो,’ संन्यास घोषणा गर्दा पिकेको स्वभाव यस्तो थियो ।

फुटबलमा वफादारिताको खुबै चर्चा हुन्छ । वफादारिताको परीक्षाबाट एउटा खेलाडी पटक पटक गुज्रिनु पर्छ । पिकेले यो परीक्षा निकै अगाडि पास गरेका हुन् । तर उनको लाब्धांक पत्र बार्सिलोना समर्थकले बिर्सिसके । कुनै समय पिके विश्वका उत्कृष्ट रक्षकको सूचीमा पर्थे । यो तथ्यको अब के महत्व ?

पछिल्लो समय पिकेका लागि उपयुक्त रहन सकेको थिएन, छैन । घर व्यवहार लथालिंग बनेको छ । श्रीमती शाकिरासँग उनी डिभोर्स गर्दैछन् । क्याम्प नोउमा पिकेविरुद्ध हुटिङ गर्नेको संख्या बढ्दै थियो । उनीहरु यस्तो भन्दै थिए, पिके अब बार्सिलोनाका लागि खेल्न सक्दैनन् । प्रशिक्षक जाभी हर्नान्डेजको नजरमा पिके चौथो वा पाँचौँ रोजाइका रक्षक थिए । बार्सिलोनाका प्रमुख कार्यकारी अधिकृतका लागि पिके आर्थिक भार थिए । पिके मात्र होइन बार्सिलोनालाई आर्थिक संकटमा पु¥याएको आरोप अरु खेलाडीमाथि पनि छ ।

फुटबलमा वफादारिताको खुबै चर्चा हुन्छ । वफादारिताको परीक्षाबाट एउटा खेलाडी पटक पटक गुज्रिनु पर्छ । पिकेले यो परीक्षा निकै अगाडि पास गरेका हुन् । तर उनको लाब्धांक पत्र बार्सिलोना समर्थकले बिर्सिसके । कुनै समय पिके विश्वका उत्कृष्ट रक्षकको सूचीमा पर्थे । यो तथ्यको अब के महत्व ?

पिकेलाई उनकै साथी प्रशिक्षक जाभीले समेत नयाँ क्लब खोज्न भनिसकेका थिए । जाभीलाई पिकेको जवाफ थियो, ‘बार्सिलोनामा तिमी संसारकै सर्वोत्कृष्ट रक्षक ल्याऊ । म उसँग पनि प्रतिस्पर्धा गर्न तयार छु ।’ तर यो परिस्थिति सिर्जना भएन ।

एउटा खेलाडीको लागि सबैभन्दा गाह्रो कुरा के होला ? बिदाइको सामना । पिकेको हकमा बार्सिलोनाबाट बिदाइको सन्देश करियरको अन्त्य हुने थियो । किनभने उनलाई अनुबन्ध गर्न कुनै क्लबले इच्छा देखाएका होइनन् । फेरि एक खेलाडीका लागि करियर सकिनु भनेको दरिलो आर्थिक स्रोत बन्द हुनु पनि हो । पिकेले यो कोणबाट पनि सोचेको हुनुपर्छ ।

सन् २०२० को च्याम्पियन्स लिग भिडन्तमा बार्सिलोना बायर्न म्युनिखसँग ८-२ ले हारेको थियो । त्यसबेला पिकेले भनेका थिए, यदि बार्सिलोना बलियो हुन्छ भने म टिममा आफ्नो ठाउँ छाड्न तयार छु । तर पिकेको स्थान्तरणले बार्सिलोनाको सबै समस्या समाधान हुँदैन थियो । त्यही भएर त उनी बार्सिलोनामा यो सिजनसम्म टिकेका हुन् ।



उसो त उनको खेल स्तर खस्किएकै हो । यो सिजन उनले कम खेलेका छन् । तर जति खेले, ती खेलमा उनको प्रदर्शन तारिफयोग्य रहन सकेन । इन्टर मिलानसँग बार्सिलोना बराबरीमा रोकिनुको मुख्य कारण पिके नै थिए ।

पिकेले पटक पटक दोहोर्याएका हुन् बार्सिलोनाबाटै संन्यास लिने आफ्नो मनसाय । ‘जबसम्म उच्चस्तरमा खेल्न सक्छु, बार्सिलोनाबाट खेल्छु । नसकेको दिन संन्यास लिन्छु, त्यो पनि बार्सिलोनामै रहँदा,’ पिकेले गत अक्टोबरमा यसो भनेका थिए । बेन्चमा रहेर संन्यास लिने कुरा आफूलाई स्वीकार्य नहुने उनको भनाइ थियो । तर उनले भने अनुसारको किन हुनथ्यो र !

बिदाइ भिडियोमा पिकेको एउटा वाक्यले असाध्यै तान्छ । ‘बच्चा हुँदा म फुटबलर बन्न चाहन्न थिए । तर बार्सिलोनाका लागि खेल्न चाहन्थे । म किन यस्तो सोच्थे थाहा छैन । तर त्यसबेलाको मनस्थितिबारे सोचिरहेको छु,’ पिकेले भनेका छन् ।

अन्त्य कुन समय र परिस्थितिमा हुन्छ, त्यो महत्त्वपूर्ण हो । फुटबलरका लागि सामान्यतया ३५ वर्ष संन्यास लिने उमेर नै हो । तर पिकेले संन्यास लिएको परिस्थिति उनी आफैँले सिर्जना गरेका होइनन् । आफ्नो ‘लेगेसी’ माथि नै प्रश्न उठ्न थालेपछि मात्र उनले निर्णय लिएका हुन्, संन्यासको ।

पिके फुटबलर मात्र थिएनन् । खेलकुद व्यापारमा पनि उनको संलग्नता छ । विश्वक टेनिसको प्रख्यात प्रतियोगिता डेभिस कपका मालिक, बलुन विश्वकपका संस्थापक, व्यावसायिक तास खेलाडी । यी उनका अरु परिचय हुन् । सबैभन्दा जब्बर परिचय त बार्सिलोना समर्थक । कतिपय अवस्थामा उनी बार्सिलोनाका खेलाडीभन्दा बढी समर्थक झैँ देखिन्थे ।



कुरा गत साताको हो । बार्सिलोना भ्यालेन्सियासँग भिडिरहेको थियो। पिके बेन्चमा थिए । उनले खेल्ने सम्भावना थिएन । लगाएको प्याड खोल्ने प्रयासमा थिए । सकेनन् । सँगै रहेका सर्जियो बुस्क्वेट्सले पिकेको प्याड खोल्न मद्दत गरे । यो आफैँमा एउटा संकेत थियो, अब पिके आफ्नो जुत्ताको प्याड खोल्न, तुना खोल्न पनि सक्ने अवस्थामा छैनन् ।

पिके सन् २००८ मा मात्र बार्सिलोना फर्किएका थिए । केही सिजन म्यानचेस्टर युनाइटेड र एक सिजन रियल जारागोजाबाट खेलेपछि मात्रै पिके बार्सिलोनालाई सिनियर टिममा स्थान दिइयो । जब मौका पाए, उनी स्थापित भए । लगातार १५ सिजन खेले ।
 
पिके फुटबलर मात्र थिएनन् । खेलकुद व्यापारमा पनि उनको संलग्नता छ । विश्वक टेनिसको प्रख्यात प्रतियोगिता डेभिस कपका मालिक, बलुन विश्वकपका संस्थापक, व्यावसायिक तास खेलाडी । यी उनका अरु परिचय हुन् । सबैभन्दा जब्बर परिचय त बार्सिलोना समर्थक । कतिपय अवस्थामा उनी बार्सिलोनाका खेलाडीभन्दा बढी समर्थक झैँ देखिन्थे ।

पिकेले बार्सिलोनामा कुल ३० उपाधि जिते । विश्वकप र युरो विजेता बने । उनी यो हदसम्म सफल हुनेछन्, भनेर कसले सोचेको थियो र ?

अन्त्यमा एउटा रोचक घटना सम्झिउँ बार्सिलोनाका तत्कालिन प्रशिक्षक लुई भान हाल पिकेको घर पुगेका थिए, उनका हजुरबुवालाई भेट्न । बात मार्दै जाँदा पिकेका हजुरबुवाले भनिदिए, मेरो नाती कुनै दिन बार्सिलोनको खेलाडी बन्नेछ । त्यसपछि, भान हाल पिकेको नजिक पुगे अनि उनलाई धकेलिदिए । 

फुच्चे पिके लडिहाले। भुइँमा लडेका पिकेको छेउमा पुगेर भान हालले भने, ‘तिमी बार्सिलोनाको डिफेन्डर बन्न सक्दैनौँ, तिमी कमजोर छौँ,’ तर कालान्तरमा भान हालको त्यो अनुमान गलत साबित भयो । किनभने पिके बार्सिलोनाको इतिहासकै सर्वोत्कृष्ट रक्षक बनेका छन् ।