महिला क्रिकेट

महिला क्रिकेट: एपिएफ र बागमती सेमिफाइनलमा

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा सशस्त्र प्रहरी बल (एपीएफ) र वागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार पोखरा रंगशालमा भएको पहिलो खेलमा एपीएफले सुदुर पश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्यो । पहिला व्याटिङ गरेको सुदुरले पुरा २० ओभर खेल्दै ३ विकेटको क्षतिमा ९२ रन जोडेको थियो । सुदुरका लागि रितु कनौजियाले ३५, रुवी पोदारले २३ तथा स्नेहा महराले १८ रन बनाए । एपीएफका बलरहरु नेरी थापा, इन्दु बर्मा र सुस्मा श्रेष्ठले समान १ विकेट लिए ।

जितका लागि ९३ रन पछ्याउने क्रममा एपीएफले १६ ओभरमा  विकेट गुमाएर विजयी लक्ष्य प्राप्त गर्यो । एपीएफको व्याटिङमा प्लेयर अफ द म्याच इन्दु बर्माले ४३ बलमा ५ चौका प्रहार गर्दै ४५ रन हानिन् ।

सुदुरका बलरहरु मनिषा चौधरी, अनु कडायत, डोली भट्ट र स्नेहा महराले समान १–१ विकेट लिए । आइतबारकै अर्को खेलमा वागमतीले मधेश प्रदेशमाथि ८ विकेटको जित निकाल्यो । पहिला व्याटिङ गरेको मधेशले १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५४ रन बनाएको थियो । जसमा शान्ति चौधरीको ८ रन सर्वाधिक बन्यो । वागमतीका बलहरु विपिसा शाही, सोनी पाख्रिन र खुसी डंगोलले समान २–२ विकेट लिए ।

वागमतीले १३.२ ओभरमा २ विकेट गुमाउँदै जित प्राप्त गर्यो । वागमतीका लागि सुमन खतिवडाले १७, अनिशा माझकोटीले १६ तथा अस्मिता खरेलले १३ रन हानिन् । मधेशका बलरहरु सरस्वती कुमारी र कविता गौतमले १–१ विकेट लिए । खेलमा ५ रन खर्चिएर २ विकेट लिएकी वागमतीका विपिसा शाही प्लेयर अफ द म्याच भइन् ।

यो संगै समुह ‘ए’बाट एपीएफ ८ अंक सहित शिर्षस्थान कायम गर्दै सेमिफाइनलमा पुगेको छ भने वागमती प्रदेश ६ अंक सहित दोश्रो स्थानमा रहँदै सेमिमा स्थान सुरक्षित पारेको छ । यसअघि समुह ‘बि’बाट नेपाल पुलिस क्लव शिर्षस्थानमा रहँदै तथा दोश्रो स्थानमा रहेको लुम्बिनी प्रदेशले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।