ट्वान्टी२० क्रिकेट विश्वकप

ट्वान्टी२० क्रिकेट विश्वकप आजबाट

सिड्नी । ट्वान्टी२० क्रिकेट विश्वकपको पछिल्लो संस्करण सम्पन्न भएको एक वर्ष नबित्दै आजबाट प्रतियोगिताको नयाँ संस्करण सुरु हुँदैछ ।

समूह ए अन्तर्गत पहिलो चरणमा श्रीलंका र नामिबियाविरुद्धको खेलसँगै ट््वान्टी२० क्रिकेट विश्वकप २०२२ सुरु हुनेछ । समूह ए मा श्रीलंका र नामिबियासँगै नेदरल्यान्डस, श्रीलंका र युएई रहेका छन् । 

गत महिना मात्र एसिया कपको उपाधि जितेको श्रीलंका प्रतियोगितामा सानदार सुरुआतको लक्ष्यमा रहेको छ 

समूह बी मा आयरल्यान्ड ,स्कटल्यान्ड ,वेस्ट इन्डिज र जिम्बाब्वे रहेका छन् ।दुवै समूहका शीर्ष दुई टोली सुपर १२ मा प्रवेश गर्नेछन् । 

सुपर १२ मा १२ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जहाँ ग्रुप वान माइङल्यान्ड,अफगानिस्तान,अस्ट्रेलिया र न्युजिल्यान्ड रहेको छ भने ग्रुप बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका र बंगलादेश रहेको छ ।

गत संस्करण अस्ट्रेलियाले ट्वान्टी२० विश्वकप क्रिकेट जितेको थियो ।