इङ्लिस प्रिमियर लिग

टोटनहमको जित

लन्डन । ह्यारी केन र पिइरे इमाइल होजबर्गको समान एक गोलप्रेरि टोटनहमले शनिबार एभर्टनमाथि २-० को जित निकालेको छ ।

५९औं मिनेटमा केनको पेनाल्टी गोलमा टोटनहमले अग्रा लिएको थियो । ८६औं मिनेटमा होजबर्गले टोटनहमको अग्रता दोब्बर पारेका थिए । 

टोटनहम १० खेलमा २३ अंकसहित तेस्रो स्थानमा छ । जुन शीर्ष स्थानको आर्सनल भन्दा एक अंक कम हो । दोस्रो स्थानको सिटी र टोटनहमको भने समान २३ अंक भएको छ । यद्धपी आर्सनल र सिटीले टोटनहमभन्दा एक खेल कम खेलेका छन् । 

एभर्टन भने १० खेलमा १० अंकसहित १४औं स्थानमा छ । 

प्रिमियर लिगअन्तर्गत शनिबार नै भएका अन्य खेलमा ब्रेन्टफोर्डले ब्राइटनलाई २० ले हराउँदा उल्भरहमटनले नटिङघम फरेस्टलाई १० ले हरायो । यता फुलहम र बर्नामाउथले भने गोलरहित बराबरी खेले  ।