पाकिस्तान-इङ्ल्यान्ड

पाकिस्तानले इङ्ल्यान्डलाई दियो १६७ रनको लक्ष्य

इस्लामाबाद । ट्वान्टी २० शृंखलाको तेस्रो खेलमा पाकिस्तानले इङ्ल्यान्डसामू एक सय ६७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

राष्ट्रिय रंगशाला कराँचीमा जारी खेलको पहिलो इनिङमा टस हारेपछि ब्याटिङमा निम्त्याइएको पाकिस्तानले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ६७ रनको योगफल खडा गर्यो ।

पाकिस्तानका ओपनर मोहम्मद रिजवानले सर्वाधिक ८८ रन बनाए । उनले ६७ बलमा नौ चौका र एक छक्का प्रहार गरे । कुनै समय १२ ओभरमा एक विकेट गुमाएर ९७ रन बनाएको पाकिस्तानले सोही अनुरुपको फिनिसिङ गर्न भने सकेन ।

कप्तान बाबर आजम ३६ रनमा आउट भए । यसबाहेक, टिमको खातामा सान मसुदले २१, र आसिफ अलिले तीन बलमा १३ रन थपे ।

इङ्ल्यान्डका रिसे टोप्लेले दुई विकेट लिए । यस्तै, लियम डव्सन र डेविड विलीले एक विकेट लिए ।

सात खेलको ट्वान्टी २० शृंखलामा इङ्ल्यान्ड २-१ ले अघि छ ।