भारत-अस्ट्रेलिया शृंखला

अस्ट्रेलियाले भारतलाई दियो १८७ रनको लक्ष्य

नयाँ दिल्ली । भारतविरुद्धको तेस्रो तथा अन्तिम ट्वान्टी २० खेलमा अस्ट्रेलियाले एक सय ८७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

राजिव गान्धी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८६ रनको योगफल तयार गर्यो ।

अस्ट्रेलियाका क्यामरुन ग्रिनले आक्रामक ब्याटिङ गर्दै २१ बलमा सात चौका र तीन छक्कासहित ५२ रन बनाए । यस्तै, टिम डेविडले पनि २४ बलमा दुई चौका र चार छक्कासहित ५४ रन बनाए । यसबाहेक, टिमको खातामा ड्यानियल साम्सले २८ र जस इङ्लिसले २४ रन थपे ।

भारतका अक्षर पटेलले सर्वाधिक तीन विकेट लिए । यस्तै, युजवेन्द्र चहल, भुवनेश्वर कुमार र हर्षल पटेलले एक विकेट लिए ।

तीन खेलको ट्वान्टी २० शृंखलाअन्तर्गत यसअघि भएका दुई खेलमध्ये भारत र अस्ट्रेलियाले समान एक खेल जितेका छन् ।