नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुद: गण्डकी र लुम्बिनीबीचको खेल रद्द

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा आइतबार हुने भनिएको गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीचको खेल वर्षाको कारण रद्द भएको छ ।

मुलपानी क्रिकेट मैदानमा आइतबार हुने भनिएको दुवै खेल रद्द भएको हो । यसअघि बागमती प्रदेश र एनआरएनए स्पोर्टस् एकेडेमीबीचको खेल ओसिलो मैदानको कारण रद्द भएको थियो । यसअघि मुलपानीमा आजै हुने तय भएको बागमती प्रदेश र एनआरएनएबीचको खेल पनि रद्द भएको थियो ।

वर्षा र ओसिलो मैदानको कारण नतिजा निस्किन नसकेको यो १२औं खेल हो ।

नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको पोखरामा असोज २८ गतेदेखि तीन गतेसम्म हुने तालिका रहे पनि सोही समयमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनमा हुने फ्रेन्चाइज क्रिकेट लिग नेपाल टी २० हुने भएपछि पुरुष क्रिकेटलाई अघि सारिएको हो ।