राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते प्रतियोगिता

अफताब र प्रिन्सलाई फुल कन्ट्याक्ट कराते प्रतियोगिताको उपाधि

काठमाडौं । बागमती प्रदेशका अफताब अली र प्रिन्स देउलाले चौथो आइएफकेके राष्ट्रव्यापी पुरुष तथा महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको उपाधि जितेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न पुरुष ३५ केजीमुनि तौल समूहको फाइनलमा अफताबले बागमतीका रामशरण विकलाई पराजित गरे ।

पुरुष ४० केजीमुनि तौल समूहको फाइनलमा बागमतीका प्रिन्सले बागमतीकै निरोज दुधराजलाई हराए ।

पुरुष ४५ केजीमुनि तौल समूहमा लुम्बिनीका अनमोल माझीले बागमतीका प्रभात स्याङतान र ५५ केजीमुनि तौल समूहमा बागमतीका विवेक घिमिरेले बागमतीका रविन तामाङलाई हराउँदै स्वर्ण पदक जिते ।

नेपाल आईएफकेके संघद्वारा आयोजित प्रतियोगिताको महिला ४० केजीमुनि तौल समूहमा प्रदेश एककी सलिना खालिङ राई र ५० केजीमुनि तौल समूहमा बागमतीकी रिना माझीले उपाधि जिते ।

प्रतियोगितामा कुल १ लाख ७५ हजार रुपैयाँ पुरस्कार वितरण गरिएको आयोजकले जानकारी दिएको छ ।