अब्दुल्लाह अल्मुताइरी

नेपाली टिमको मुख्य प्रशिक्षण छोडेको अल्मुताइरीको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली टिमको प्रशिक्षण छोडेको घोषणा गरेका छन् ।

अल्मुताइरीले आइतबार सामाजिक सञ्जालमार्फत नेपाली टिमको प्रशिक्षण छोडेको घोषणा गरे ।

अल्मुताइरीले सामाजिक सञ्जालमा नेपाल आएको पाँच सय २५ दिनपछि टिमको जिम्मेवारी छोड्ने निर्णयमा पुगेको लेखेका छन् । उनले यस अवधिमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद पनि व्यक्त गरेका छन् ।

अल्मुताइरीले सामाजिक सञ्जालमा नेपाल आएको पाँच सय २५ दिनपछि टिमको जिम्मेवारी छोड्ने निर्णयमा पुगेको लेखेका छन् । उनले यस अवधिमा सहयोग गर्ने सम्पूर्णमा धन्यवा‘नेपाली फुटबलमा काम गरेको पाँच सय २५ दिनपछि, म नेपाली राष्ट्रिय टिमको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्तको घोषणा गर्दछु । खुसी, माया, दुःख र पीडाको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद । एक टिम, जय नेपाल,’ अल्मुताइरीले लेखेका छन् ।

अल्मुताइरीको प्रशिक्षणमा नेपालले १७ अन्तर्राष्ट्रिय खेल खेलेको छ । यसमध्ये पाँच खेलमा जित निकालेको नेपालले दुई खेलमा बराबर र १० खेलमा हार बेहोरेको छ ।