नेपाल टी २०

सर्वोच्चलाई मन्त्रालय र राखेपको उत्तरः क्यान–सेभन थ्री सम्झौतामा सहमति छैन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी २० लिगका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सबीचको सम्झौतामा कुनै सहमति तथा अनुमती नदिएको युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप)ले बताएका छन् ।

क्यान र सेभेन थ्री स्पोर्ट्सबीचको सम्झौता खारेजीका लागि सर्वोच्चमा परेको रिट निवदेनमाथि पठाएको उत्तरमा यसअघि क्यानले दाबी गरेअनुसार कुनै सहमति नभएको मन्त्रालय र राखेपले बताएका हुन् ।

क्यानले भने यसअघि नै राखेपबाट आवश्यक अनुमति तथा स्वीकृति लिइसकेको दाबी गरेको थियो । यस्तै, नेपाल टी २० लिग आयोजना घोषणाको प्रेस विज्ञप्तिमा खेलकुद मन्त्री महेश्वर गहतको समेत भनाई उल्लेख थियो ।

उत्तरको पूर्ण पाठ

तर, नेपालको सार्वजकिन खरिद ऐनसमेत मिचेर गैर कानुनीरुपमा क्यानले भारतीय कम्पनीको खल्तिमा नेपाली क्रिकेट पुर्याइदिएको भन्दै यसअघि एभरेष्ट प्रिमियर लिग आयोजना गर्दै आएका आमिर अख्तरले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।