आदिल अन्सारी

एकदिवसीय क्रिकेटमा आदिलको ‘डेब्यु’

ह्युस्टन । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत संयुक्त राज्य अमेरिका (युएसए) विरुद्धको खेलमा आदिल अन्सारीले नेपाली राष्ट्रिय टिमबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका छन् ।

यसअघि ट्वान्टी २० राष्ट्रिय टिममा रहेका आदिलले आक्रामक ब्याटरको छवि बनाएका छन् । उनी मध्यम गतिका बलर हुन् । आदिल एकदिवसीय क्रिकेटमा नेपालबाट ‘डेब्यु’ गर्ने ३२औं खेलाडी बनेका छन् ।

यस्तै, अमेरिकाविरुद्ध नेपालका ओपनरद्वय कुशल भुर्तेल आसिफ सेख पनि टिममा फर्किएका छन् । यसअघि चोटका कारण यी दुई ब्याटर ओमानविरुद्धको खेलमा टिम बाहिर थिए ।

नेपाली टिमः कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र सुसन भारी