नेपाली फुटबल

कुवेतविरुद्ध नेपालको सुरुआती ११ सार्वजनिक

कुवेत सिटी । एएफसी एसियन कप २०२३ तेस्रो चरणको छनोटअन्तर्गत कुवेतविरुद्धको खेलका लागि नेपाल राष्ट्रिय फुटबल टिमको सुरुआती ११ सार्वजनिक भएको छ ।

छनोटको दोस्रो खेलका लागि शनिबार नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नवयुग श्रेष्ठको कप्तानीमा पहिलो रोजाई सार्वजनिक गरेका हुन् । प्रशिक्षक अल्मुताइरीले पहिलो खेलकै टिमलाई पहिलो रोजाईमा राखेका छन् ।

यसअघि नेपाली टिम छनोटको पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो । नेपाल जेठ ३१ गते इन्डोनेसियाविरुद्ध छनोटको अन्तिम खेल खेल्ने तालिका छ ।

अल्मुताइरीको पहिलो रोजाईः

गोलकिपरः दीप कार्की

रक्षकः गौतम श्रेष्ठ , सुमन अर्याल, विकास खवास र विकास तामाङ 

मिडफिल्डरः आयुश घलान, सेसेहाङ आङदेम्बे, पुजन उपरकोटी,

स्ट्राइकरः सुरजजिउ ठकुरी, नवयुग श्रेष्ठ ९कप्तान०, मनिष डांगी