क्रिकेटमा डक आउट

क्रिकेटमा डक, यो कति प्रकारको हुन्छ ?

मुम्बई । इन्डिनय प्रिमियर लिग (आइपिएल)– २०२२ मा धेरै खेलाडी डक भइरहेको छन् । यस सिजन भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहली एक पटक रोयल डकसहित दुई पटक गोल्डेन डक भएका छन् । यसबाहेक, राशिद खान, लोकेश राहुल र अनुज रावतले पनि समान तीन खेलमा खाता खोल्न सकेनन् ।

यस सिजन आइपिएलमा लोकेश राहुल र केन विलियम्सन डायमन्ड डकको शिकार भए । विराट कोहली एक पटक रोयल (प्लाटिनम) डक भए ।

क्रिकेटमा रोयल, डायमन्ड र गोल्डनमात्र नभई कुल १० प्रकारका डक हुन्छन् ।

डायमन्ड डक

क्रिकेटमा कुनै ब्याटर एक बल पनि नखेली सुन्य रनमा आउट हुन्छ भने त्यसलाई डायमन्ड डक भनिन्छ । यो दुई अवस्थामा मात्र सम्भव हुन्छ । एक रनआउट र अर्को टाइम आउट । आइतबार सनराजर्स हैदराबादका कप्तान केन विलियम्सन र शनिबार लखनउ सुपर जायन्टस्का कप्तान लोकेश राहुल डायमन्ड डक भएका थिए ।

गोल्डेन डक

कुनै ब्याटर पहिलो बलमै आउट हुन्छ भने त्यसलाई गोल्डेन डक भनिन्छ । यस सिजन रोयल च्यालेन्जस बैंगलोरका पूर्व कप्तान विराट कोहली तीन पटक गोल्डेन डक भएका छन् ।

सिल्भर डक

क्रिकेटमा कुनै ब्याटर ब्याटिङका लागि मैदानमा आउछ र दोस्रो बलमा खाता नखोली पभेलियन फर्किन्छ भने यसलाई सिल्भर डक भनिन्छ ।

ब्रोन्ज डक

जब कुनै ब्याटर ब्याटिङमा आउछ र खाता नखोली तेस्रो बलमा आउट हुन्छ भने त्यसालई ब्रोन्ज डक भनिन्छ ।

रोयल (प्लाटिनम) डक

रोयल वा प्लाटिनम डक ओपनरको हकमा मात्र लागु हुन्छ । कुनै पनि ब्याटर कुनै खेलको पहिलो बलमै रन नबनाई आउट हुन्छ भने त्यसलाई रोयल डक भनिन्छ । यसलाई प्लाटिनम डक पनि भनिन्छ ।

लाफिङ्ग डक

लाफिङ्ग डक क्रिकेटमा विरलै देख्न पाइन्छ । यदी खेलको एउटा इनिङको अन्तिम बलमा ब्याटर खाता नखोली आउट हुन्छ भने त्यसलाई लाफिङ्ग डक भनिन्छ ।

पेयर डक

पेयर डक सँधै टेस्ट क्रिकेटमा मात्र लागु हुन्छ । यसअनुसार कुनै पनि ब्याटर टेस्टको दुवै इनिङमा खाता नखोली आउट हुन्छ भने त्यसलाई पेयर डक भनिन्छ । यसबाट ब्याटरले कति बल खेल्यो भन्ने कुराले महत्व राख्दैन ।

किङ्ग पेयर डक

किङ्ग पेयर डक पनि टेस्ट क्रिकेटमा मात्र लागु हुन्छ । यसअनुसार यदी कुनै ब्याटर टेस्ट खेलको दुवै इनिङमा पहिलो बलमै खाता नखोली आउट हुन्छ भने त्यसलाई किङ्ग पेयर डक भनिन्छ ।

टाइटेनियम डक

डायमन्ड र टाइटेनियम डक लगभग एकै हुन् । यी दुई बीच फरक यति छ की टाइटेनियम डक टिमको इनिङको पहिलो बलमै आउट भएकोलाई मानिन्छ । अर्थात कुनै ब्याटर टिमको इनिङको पहिलो बलमा खाता नखोली आउट हुन्छ भने त्यसलार्य टाइटेनियम डक भनिन्छ ।

गोल्डेन गूज डक

गोल्डेन गूज पनि गोल्डेन डक जस्तै हुन्छ । यसमा सीजन र खेलको मात्र फरक हुन्छ । अर्थात कुनै ब्याटर टिमको नयाँ सिजनको पहिलो खेलको पहिलो बलमा खाता नखोली आउट हुन्छ भने त्यसलाई गोल्डेन गूज डक भनिन्छ ।