नेपाली क्रिकेट

आसिफको अर्धसतक पूरा

काठमाडौं । जिम्बावे ‘ए’ विरुद्धको तेस्रो ट्वान्टी २० खेलमा नेपालका ओपनर ब्याटर आसिफ शेखले अर्धशतक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा एक सय ३७ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि ओपनर ब्याटिङमा आएका आसिफले ३४ बलमा आठ चौकासहित अर्धशतक पूरा गरेका हुन् ।

आसिफलाई बसिर अहमेदले क्रिजमा साथ दिइरहेका छन् । बसिरले एक बलमा एक रन बनाएका छन् ।

यसअघि नेपालका अर्का ओपनर कुशल भुर्तेल ३४ रन बनाएर पभेलियन फर्किएका थिए ।

नेपालले १० ओभरको समाप्तीमा एक विकेट क्षतीमा ९० रन बनाएको छ ।