ट्वान्टी २० शृंखला

नेपाल र जिम्बाब्वेबीचको खेल वर्षाले प्रभावित

काठमाडौं । ट्वान्टी २० शृंखलाअन्तर्गत सोमबार जारी नेपाल र जिम्बाब्वे ‘ए’बीचको खेल वर्षाका कारण प्रभावित बनेको छ । नेपाल भ्रमणमा रहेको जिम्बाब्वेविरुद्ध जारी ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो ।

सोही अनुसार १ बजे सुरु भएको खेल ४.३ ओभरमा पुगेर वर्षा भएपछि रोकिएको छ । टस हारेर ब्याटिङका लागि आएको जिम्बाब्वे दुई विकेट क्षतीमा ४८ रन बनाएर खेलिरहेको छ ।

जिम्बाब्वेका लागि इनोसेन्ट काया २ बल खेलेर शुन्यमा आउट हुँदा टाडिवान्से मरुमानी ११ बलमा २१ रन बनाएर पेभेलियन फर्किसकेका छन् । यस्तै कुड्जाई मौन्ज २२ तथा रोए काया १ रनमा अविजित छन् ।

नेपालका लागि सोमपाल कामी र करण केसीले १/१ विकेट लिएका छन् ।

यसअघि आइतबार सम्पन्न पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।