नेपाली राष्ट्रिय क्रिकेट टोली

नेपालले जिम्बाब्वेविरुद्ध फिल्डिङ रोज्यो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) नेपाल भ्रमणमा रहेको जिम्बाब्वे ‘ए’सँग खेल्ने दोस्रो ट्वान्टी २० मा टस जितेर फिल्डिङ रोजेको छ । आइतबारदेखि सुरु भएको तीन खेलको ट्वान्टी २० शृंखलाअन्तर्गत आज हुने दोस्रो खेल हो ।

आजको खेलमा आरिफ शेखको स्थानमा भीम सार्कीले मौका पाएका छन् । आइबार भएकव खेलमा आरिफले ४ बल खेलेर २ रन मात्रै बनाएका थिए ।

आइतबार भएको पहिलो खेलमा नेपाल जिम्बाब्वे ‘ए’सँग ६ विकेटले पराजित भएको थियो । जुनमा अमेरिकामा हुने विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलाको तयारी स्वरुप नेपालले जिम्बाब्वे ‘ए’सँग एकदिवसीय र ट्वान्टी २० शृंखला आयोजना गरेको हो ।

यसअघि शनिबारदेखि पहिले एकदिवसीय र त्यसपछि ट्वान्टी २० शृंखला हुने तय थियो । तर, वर्षाका कारण मैदान हिलो भएपछि शनिबार खेल हुन नसक्दा नेपाल क्रिकेट संघ (क्यान)ले आइतबादेखि ट्वान्टी २० सुरु गरेको हो ।

बलियो देखिएको जिम्बाब्वे ‘ए’विरुद्ध जितको आशा कायमै राख्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ । आजको खेलमा पनि पराजित भए नेपालले घरेलु मैदानमा एक खेल अगावै ट्वान्टी २० शृंखला भ्रमणकारी टिमलाई सुम्पिने छ ।

नेपाली टिम: सन्दीप लामिछाने, आशिफ शेख, रोहित कुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, आदिल आलम,  करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा, बसिर अहमद ।