आरबिबी–एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिप

एनभिए च्याम्पियनसिप: पुलिस र आर्मीको जित

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले सोमबार एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुआत गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार सप्पन्न महिलातर्फको खेलमा पुलिसले एपिएफलाई ३-१ को सेटमा हरायो ।

पुलिसले एपिएफलाई २५-२०,२५-२३, १७-२५, २५-१६ को सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकाल्यो ।

यसअघि त्रिभुवन आर्मी क्लबले एभरेस्ट भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्यो । विभागीय महारथी आर्मीले एभरेस्टलाई २५-१९, २५-७, २५-१८ मा पराजित गर्यो ।

छैटौं संस्करणको एनभिए च्याम्पियनसिपमा सोमबार पुरुषतर्फको पहिलो खेलमा साविक उपविजेता हेल्प नेपाल स्पोर्ट्स र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश तथा तेस्रो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र गल्कोट स्पोर्ट्स क्लबले खेल्नेछन् ।