नेपाली क्रिकेट

रुविना र सितालाई विदाई

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा हुन लागेको फेयर ब्रेक इन्भिटेसनल २०२२ मा सहभागी हुने दुई महिला क्रिकेटर रुविना क्षेत्री र सिता रानामगरलाई विदाई गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रमका बीच रुविना र सितालाई विदाई गरेको हो । कार्यक्रममा क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी लगायतको उपस्थिती थियो ।

रुविना र सिताको युएईको फ्लाइट आजै दिउँसो तीन बजेको छ ।