आरबिबी–एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिप

आरबिबी–एनभिए भलिबल लिगको तयारी पूरा

काठमाडौं । वैशाख १८ गतेदेखि सुर हने आरबिबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको तयारी पूरा भएको छ ।

आयोजनक नेपाल भलिबल एसोसियसनले शनिबार सामाजिक सञ्जालमार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने प्रतियोगिता वैशाख २४ गतेसम्म चल्नेछ । 
वाणिज्य बैंकको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा महिलातर्फ तीन विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड स्पोर्टस् क्लब र एभरेस्ट स्पोर्टस् क्लब गरी पाँच टिम सहभागी छन् ।
यस्तै, पुरुषतर्फ एपिएफ, पुलिस, आर्मी, हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्टस् क्लब र ढोरपाटन स्पोर्टस् क्लब गरी सात टिम छन् ।

गत असोजमा भएको एनभिए क्लब च्याम्पियनसिपबाट छनोट भएका टिमहरुले लिगमा प्रतिस्पर्धा गर्ने भएका हुन् । च्याम्पियनसिपमा महिलातर्फ न्यु डायमन्ड र पुरुषतर्फ आर्मीले उपाधि उचालेको थियो ।

क्लब लिगको महिला र पुरुष विजेताले समान ६ लाख रुपैयाँ, उपविजेताले तीन लाख रुपैयाँ, तेस्रो हुनेले एक लाख ५० हजार रुपैयाँ र चौथो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै, विधागततर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर,  लिब्रो र प्रशिक्षकले जनही १५र१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा जनरल इन्स्योरेन्सले सहभागी खेलाडीहरुको पाँच लाखको बिमासमेत गरेको छ ।