आइसिसी वरियता

आइसिसी वरीयताः एकदिवसीय बलिङमा सन्दीपको वरीयतामा सुधार

काठमाडौं । राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेको एकदिवसीय क्रिकेटमा पाँच स्थान सुधार भएको छ ।

आइसिसीले बुधबार जारीको ब्याटिङतर्फको वरीयताअनुसार नेपाली टोलीका लेग स्पिनर सन्दीप ६१ औं स्थानमा छन् । यसअघि उनी ६६औं स्थानमा थिए ।

एकदिवसीय बलिङ वरीयताको शीर्ष एक सयमा नेपालबाट सन्दीप मात्र अटाएका छन् ।

वरीयताको शीर्ष स्थानमा भने न्युजिल्यान्डका फास्ट बलर ट्रेन्ट बोल्ट यथावत् छन् । यस्तै, दोस्रो स्थानमा अस्ट्रेलियाका जस हेजलवुड, तेस्रोमा इङ्ल्यान्डका क्रिस वोक्स, चौथोमा न्युजिल्यान्डका म्याट हेनरी र पाँचौं स्थानमा अफगानिस्तानका स्पिनर मुजिब उर रहमान छन् ।

ट्वान्टी २० बलिङ वरीयतामा भने सन्दीपको एक स्थान खस्किएको छ । पछिल्लो हप्ता वरीयताको ३६औं स्थानमा रहेका सन्दीप यसपाली ३७औं स्थानमा झरे ।

यता, अविनाश बोहराले भने ट्वान्टी २० वरीयतामा एक स्थान सुधार गरेका छन् । यसअघि वरीयताको ८२औं स्थानमा रहेका अभिनाश यसपाली ८१औं स्थानमा उक्लिएका छन् ।