सहिद स्मारक ‘बी’ डिभिजन लिग

बाँसबारीको दोस्रो जित

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत बुधबारको पहिलो खेलमा बाँसबारी युथ क्लबले श्री भगवती क्लबलाई २–१ ले पराजित गरेको छ । लिगमा बाँसबारीको यो दोस्रो जित हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको ५१औं मिनेटमा राजेश पौडेलले गरेको गोलबाट बाँसबारीले अग्रता लिएको थियो ।

खेलको ६९औं मिनेटमा दामोदर थापाक्षेत्री गोल गर्दै श्री भगवतीलाई खेलमा फर्काएका थिए । तर, ८२औंं मिनेटमा बिक्की राईले पेनाल्टीमार्फत गोल गरेपछि बाँसबारीले २–१ को जित निश्चित गर्यो ।

जितसँगै सात खेलबाट नौं अंक जोडेको बाँसबारी तालिकाको छैटौं स्थानमा उक्लेको छ । यस्तै, समान खेलबाट १३ अंक जोडेको श्री भगवती तालिकाको तेस्रो स्थानमा छ ।

आजै हुने दोस्रो खेलमा मध्यपुर युथ एसोसियसनले झम्सिखेल युथ विरुद्ध प्रतिस्पर्धा गर्दै छ ।