गल्फ

खुला गल्फ प्रतियोगिता शुक्रबारदेखि सुरु

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा शुक्रबारदेखि खुला गल्फ प्रतियोगिता हुने भएको छ ।

त्रिभुवन विमानस्थल परिसरमा रहेको रोयल नेपाल गल्फ कोर्समा हुने दुई दिने प्रतियोगितामा एक सय २० खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

१८ होलमा खेलाइने प्रतियोगिताको १५ विधामा सहभागी खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

खुला गल्फ प्रतियोगिताको पुरुष विजेता, उपविजेता, ग्रोस विजेता, छात्र विजेता, उपविजेता, सिनियर विजेता, उपविजेता, मोस्ट बर्डियज, लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टु दी पिन, उत्कृष्ट स्पोर्टसम्यानसिप, जुनियर छात्र विजेता, छात्र उपविजेता, जुनियर छात्रा विजेता र जुनियर छात्रा उपविजेतालाई पुरस्कार दिइने आयोजकले जानकारी दिएका छन् ।

प्रतियोगिताको प्रायोजन लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले सन् २०१८–१९ मा यस प्रतियोगितालाई प्रायोजन गर्दै आएको छ ।