आइसिसी विश्व क्रिकेट लिग डिभिजन २

पिएनजीविरुद्ध नेपाल फिल्डिङमा, एकदिवसीयमा सागरको डेब्यु


दुबई । आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो खेलमा पपुवा न्यु गिनी (पिएनजी) विरुद्ध नेपालले फिल्डिङ गर्ने भएको छ ।

सयुक्त अरब इमिरेट्स (युएई) काे शारजाह क्रिकेट रंगशालामा पिएनजीका कप्तान असद भालाले टस जितेसँगै ब्याटिङको निर्णय गरे ।

नेपालको पहिलो रोजाइमा परेसँगै स्पिनर सागर ढकालले एकदिवसीय क्रिकेटमा डेब्यु गरेका छन् । सागरले ट्वान्टी २० मा भने नेपालबाट दुई खेल खेलिसकेका छन् ।

लिगमा आठ खेलबाट आठ अंक जाडेको नेपाल तालिकाको छैटौं स्थानमा छ । यस्तै, १३ खेल खेल्दासम्म अंकविहिन रहेको पिएनजी तालिकाको पुछारमा छ ।