विश्वकप लिग -२ क्रिकोणात्मक एक दिवसीय शृखला

सुखद सुरुआतको लक्ष्यमा नेपाल

काठमाडौं । आइसीसी विश्वकप लिग -२ क्रिकोणात्मक एक दिवसीय शृखलामा नेपालले आज पपुवा न्युगिनीको सामना गर्दैछ ।

सो खेल संयुत्त अरब इमिरेटस् (युएई) को शारजाह क्रिकेट स्टेडिममा बिहान ११ः४५ मा सुरु हुनेछ । 

नेपाल आठ खेलमा आठ अंकसहित छैटौं स्थानमा छ । नेपालले चार खेल जितेको छ भने चार खेल गुमाएको छ । १३ खेल खेलेको पपुवा न्युगिनीले भने अंक खाता खोल्न सकेको छैन । 

त्यसैले कमजोर प्रतिद्धन्द्धीका रुपमा रहेको पपुवा न्युगिनीविरुद्ध नेपाल सहज जितसहित अंक तालिकामा आफ्नो स्थान सुधार गर्ने लक्ष्यमा छ ।

त्यस्तै युएई भने १५ खेलमा १८ अंकसहित दोस्रो स्थानमा भने ओमान २८ खेलमा ३६ अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्यान्ड १२ खेलमा १६ अंक जोड्दै तेस्रो स्थानमा छ भने नामिबिया र अमेरिका समान १४ अंकसहित चौथो र पाँचौ स्थानमा छ । 

नेपालले युएई भ्रमण अघि श्रीलंकामा चार अभ्यास खेल खेलेको थियो । जसमध्ये श्रीलंका नेभीविरुद्ध दुई र श्रीलंका पुलिसविरुद्ध जित हात पारेको नेपाल अन्तिम अभ्यास खेलमा भने श्रीलंका-११ सँग पराजित भएको थियो ।

क्रिकोणात्मक शृंखलाको पहिलो खेलमा मंगलबार युएईले पपुवा न्युगिनीलाई सात विकेटले पराजित गरेको थियो ।

लिग -२ अन्तर्गत यसअघि पपुवा न्युगिनीविरुद्ध नेपालको यो तेस्रो भेट हो । यसअघि नेपालले पपुवा न्युनिगीलाई दुई र एक सय ५१ रनले पराजित गरेको थियो ।