त्रिदेशीय ट्वान्टी २० श्रृंखला

त्रिदेशीय कपः पहिलो खेलमा नेपालले पिएनजीसँग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय ट्वान्टी २० श्रृंखलाअन्तर्गत पहिलो खेलमा पपुवा न्यु गिनी (पिएनजी) विरुद्ध चैत १४ गते खेल्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा हुने प्रतियोगितामा नेपालसहित मलेसिया र पिएनजीले त्रिदेशीय कप ट्वान्टी २० श्रृंखला खेल्न लागेको हो ।

त्रिदेशीय कपको दोस्रो खेलमा नेपालले १६ गते मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै, तेस्रो खेलमा पिएनजीसँग १६ गते र अन्तिम खेलमा १८ गते मलेसियासँग खेल्नेछ ।

त्रिदेशीय कपको फाइनल खेल २१ गते हुनेछ ।

त्यसअघि नेपालले पिएनजीसँग घरेलु मैदानमा दुई अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्ने छ ।

कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा नै हुने खेलमा नेपालले चैत ११ र १२ गते पिएनजीसँग खेल्ने छ ।