अभ्यास खेल

नेपाल श्रीलंका ११ सँग ९२ रनले पराजित

कोलम्बो । श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली चौथो अभ्यास खेलमा श्रीलंका ११ सँग ९२ रनले पराजित भयो ।

श्रीलंका ११ ले दिएको एक दुई सय ३३ रनको लक्ष्य पछ्याएको नेपालले ३५.२ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय ४० रन मात्र बनाउन सक्यो ।

नेपालका ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । यस्तै कुशल भुर्तेलले ३२, रोहित पौडेलले २१, आरिफ शेखले १३ रन बनाए ।

एक दक्षिणाले तीन र दिल्सान मुनाविराले दुई विकेट लिए ।

टस जितेर ब्याटिङमा आएको श्रीलंका ११ ले ४८.२ ओभरमा सबै विकेट गुमाउनुअघि दुई सय ३२ रनको योगफल तयार गरेको थियो ।

श्रीलंका ११ का सदुन विराकोदीले ४९, रमेश निमान्थाले १८, दिल्सान मुनाविराले १४, थिसरा परेराले आठ, चमरा सिल्भाले ६ र उपुल थरंगाले तीन रन बनाएका थिए ।

नेपालका दीपेन्द्रसिंह ऐरीले र सागर ढकालले समान तीन विकेट लिएका थिए । यस्तै, सोमपाल कामीले दुर्ई र आरिफ शेखले एक विकेट लिए ।

यसअघि नेपालले पहिलो र दोस्रो अभ्यास खेलमा श्रीलंका नेभीलाई क्रमशः एक सय ११ र ८९ रनले पराजित गरेको थियो । बिहीबार भएको चौथो अभ्यास खेलमा नेपालले श्रीलंका पुलिसलाई एक सय ४४ रनले पराजित गरेको थियो ।

नेपाली क्रिकेट टिम आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृंखला खेल्न मार्च १४ मा श्रीलंकाबाट सिधै युएई जाने तालिका छ ।