चैत्र १७, २०८२ मंगलबार | ०४:५५:२८
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट
शनिबारको दिन मार्सेलो बिएल्सा

‘भगवान’ प्रशिक्षकको बहिर्गमन

भन्न त भनिन्छ, प्रशिक्षकको नियुक्त नै वर्खास्तीका लागि हो । तर सबै प्रशिक्षकको वर्खास्ती सधैं सुखद हुन्न । हुन्थ्यो त लिड्स युनाइटेडले आफ्ना प्रशिक्षक मार्सेलो बिएल्सालाई वर्खास्त गर्दा लगभग सबैले अमिलो मन बनाउने थिएन । इंग्लिस प्रिमियर लिग क्लब लिड्सले यी अर्जेन्टिनी प्रशिक्षकलाई हटाएको पनि साता दिन भन्दा बढी भइसकेको छ । क्लबको लगातार खराव प्रदर्शन र एकपछि अर्को हारले गर्दा बिएल्सा बर्खास्तीमा परे ।

अहिलेसम्म कोही कसैले लिड्सको यो निर्णयलाई लिएर प्रश्न पनि उठाएको छैन् । धेरै हदसम्म यो स्वभाविक पनि थियो । अझ अपेक्षित पनि थियो । अपेक्षित के पनि थियो भने उनलाई हटाएपछि धेरैको मन दुख्ने छ, धेरैले ‘ओहो’ भन्ने छन्, अनि उत्तिकै धेरैले ‘यस्तो स्थिति नै नआएको भए कति हुन्थ्यो’ पनि भन्ने छन् । भयो यस्तै नै । पछिल्लो समय विश्व फुटबलमा कोही प्रशिक्षक वर्खास्तीमा पर्दा यति धेरै सहानुभूति यसअघि कहिल्यै देखिएको थिएन् ।

त्यसैले त बिएल्सालाई हटाइएको त्यति धेरै दिन भइसक्दा पनि उनलाई लिएर मीठा गुणी शब्द पोखिने क्रम रोकिएको छैन् । जति बेला लिड्स दुई सिजन अगाडि प्रिमियर लिगमा उक्लने निश्चित भएको थियो, यसको घर एलान रोड र त्यसको वरीपरी अपार खुसीयाली छाएको थियो । यसैक्रममा देखिएको एउटा दृष्यले सबैलाई तानेको थियो । लिड्सका कोही समर्थकले त्यस्तो ब्यानर बोकेका थिए, जसमा लेखिएको थियो, ‘बिएल्सा भगवान हुन् ।’

उनी नितान्त लिड्स समर्थक थिए, जसले आफूले समर्थन गर्दै आएको क्लबको दृष्टिकोणबाट यसरी आफ्नो विचार पोखे । तर अर्कै फरक दृष्टिकोणबाट भन्दा पनि भन्न सकिन्छ, बिएल्सा प्रशिक्षकका पनि भगवान हुन् । भन्ने गरिन्छ, बिएल्सालाई जत्तिको फुटबलको प्राविधिक ज्ञान अरूलाई विरलै छ । उनी फुटबल विश्वविद्यालय हुन पनि भनिन्छ, जसबाट फुटबल कसरी खेलिन्छ र कसरी खेलाउनु पर्छ, त्यसका सिद्धान्त निस्केका छन् ।

त्यसैले त अर्को इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले बारम्बार भन्ने गरेको छ, बिएल्साको कुनै जवाफ छैन्, उनी जत्तिको अरू प्रशिक्षक छैन् । अझ उनी त बिएल्सालाई विश्व फुटबलले पाएका अहिलेसम्मकै उत्कृष्ट प्रशिक्षकमध्ये एक मान्छन् । अनि प्रत्येक पल्ट बिएल्सालाई भेट्दा केही न केही सिक्न इच्छुक हुन्छन् । लिड्स सम्हाल्न अगाडि उनले अनेक अन्य क्लब र राष्ट्रिय टिम सम्हालिसकेका थिए । जस्तो, एथलेटिक बिलबाओ, मार्से, लाजियो, लिल आदि ।

त्यसैले त अर्को इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले बारम्बार भन्ने गरेको छ, बिएल्साको कुनै जवाफ छैन्, उनी जत्तिको अरू प्रशिक्षक छैन् । अझ उनी त बिएल्सालाई विश्व फुटबलले पाएका अहिलेसम्मकै उत्कृष्ट प्रशिक्षकमध्ये एक मान्छन् । अनि प्रत्येक पल्ट बिएल्सालाई भेट्दा केही न केही सिक्न इच्छुक हुन्छन् । लिड्स सम्हाल्न अगाडि उनले अनेक अन्य क्लब र राष्ट्रिय टिम सम्हालिसकेका थिए । जस्तो, एथलेटिक बिलबाओ, मार्से, लाजियो, लिल आदि ।

अनि राष्ट्रिय टिममा अर्जेन्टिना त भयो नै, अनि चिली पनि । उनी जहाँ जहाँ गए, सबै उनी प्रति कृतज्ञ रहे, उनी जाँदा सबै जसोले दु:ख नै माने । बिएल्साले अर्जेन्टिनी फुटबलमा प्रशिक्षणको तेस्रो लहर ल्याएको मानिन्छ । उनको प्रशिक्षणमा खेलेकामध्येबाट केही अहिले नै नामी प्रशिक्षक भइसके, जस्तो, मउरिसो पोचेटिनो, डिएगो सिमोनी, मार्सेलो लारार्डो । उनको विकास गरेको फुटबलको खास शैली हो, ३–३–३–१ । उनले यसलाई पनि प्रख्यात पनि बनाए ।

यसमा तीन डिफेन्डर, तीन मिडफिल्डर, तीन एटायकिङ मिडफिल्डर र एक सेन्टर फरवार्ड हुने गर्छ । यस शैलीमा रक्षापंक्तिबाट द्रुत गतिमा आक्रमण बुन्ने काम हुन्छ । उनी प्रशिक्षणका क्रममा खेलाडीको साना सानो कुराको पनि ध्यान दिन्छन् । अरूले मतलब नराखेको हुन सक्छ, तर बिएल्साको पानी पर्दा र पानी नपर्दा प्रशिक्षण गर्ने र खेल्ने शेली फरक छ । उनी प्रत्येक खेलाडीको सानो भन्दा सानो जानकारी राख्छन् । उनी प्रत्येक खेलाडीको सुक्ष्म विश्लेषण पनि गर्छन् ।अहिले लिड्समा एक प्रकारको सन्नाता छाएको छ भनिन्छ, किनभने क्लबमा अब बिएल्सा छैन् । क्लबलाई रेलिगेसन पर्नबाट जोगाउन उनको वर्खास्ती आवश्यक पनि थियो, तर जति बेला निर्णय भयो, कसैले पनि आफूले ठीकै गरे भन्न सकेनन् । त्यसैले त उनी भगवान प्रशिक्षक रहे । तर धर्मकै एउटा सिद्धान्त छ, केही कोही पनि नित्य हुन्न, सबै अनित्य नै हुन्छ । बिएल्सा जत्तिको प्रशिक्षक पनि वर्खास्तमा पर्नु पर्ने हुँदो रहेछ, मन पराउनेले उनलाई भगवान नै किन नभनोस, बहिर्गमन पनि चाहिने रहेछ ।