काठमाडौं । तल्लो क्रमका ब्याटर तथा कप्तान करण केसीले पारीको अन्तिम ओभरहरुमा आक्रमक ब्याटिङ गर्दा नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध १५६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्न सफल भएको छ ।
प्रतियोगिताको नवौं दिन मंगलबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरको समाप्तिमा आठ विकेट गुमाउँदै १५५ रनको योगफल खडा गर्यो । मध्यम लक्ष्यतर्फ अग्रसर काठमाडौंका लागि कप्तानी इनिङ्स खेल्ने त्रममा करणले मात्र ११ बलमा ३४ रनको सानदार पारी खेले ।
दोस्रो जितको लक्ष्यमा रहेको काठमाडौंका लागि ओपनर आकाश त्रिपाठीले ३६ बलमा तीन चौकासहित सर्वाधिक ३२ रनको योगदान गरे । त्यस्तै मध्यक्रमका ब्याटर सन्तोष यादवले २६ रन बनाए । यसैगरी मिलिन्द कुमार र जेरार्ड इरास्मले समान १७ रन र रसीद खानले १४ रन जोडे ।
लुम्बिनीका लागि रुवेन ट्रम्पलम्यान, शेर मल्ल, गुल्बदीन नाइब र रोहित पौडेलको नाममा समान दुई विकेट रह्यो ।
