झापा गोल्डकप

झापा गोल्डकपः आर्मी फाइनलमा

  • बुद्दभुषण याेञ्जन

बिर्तामोड । त्रिभुवन आर्मी फुटबल क्लब पाँचाैं झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सातदोबाटो युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो ।

आर्मीका लागि सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । सातदोबाटोले एक गोल मात्र फर्काउन सक्यो ।

खेलको २७औँ मिनेटमा आर्मीका सन्तोष तामाङले प्रहार गरेको फ्रि किकमा सुमनले गोल गरे । पहिलो हाफको इन्जुरी समयमा सातदोबाटोले गोल फर्कायो । सातदोबाटोका सुशील राईको क्रसमा दीपकराजसिंह ठकुरीले गोल गरे ।

६०औँ मिनेटमा आर्मीका सन्तोष तामाङले गोल गर्दै खेललाई २–१ मा पुर्याए । ८०औँ मिनेटमा नवयुग श्रेष्ठको हेडरमा टेकबहादुर बुढाथोकीले गोल गर्दै सातदोबाटोसँगको अग्रता अझ फराकिलो बनाए । ८४औँ मिनेटमा टेकबहादुरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । उनले कमलबहादुर थापाको पासमा गोल गरे ।

शुक्रबारको खेलको म्यान अफ द म्याच सन्तोष तामाङ तामाङ चुनिए । उनले नगद नौ हजार नौ सय ९९ रुपैयाँ पुरस्कार पाए ।

शनिबारको अन्तिम सेमिफाइनल खेल झापा(११ फुटबल क्लब र संकटा क्लबबीच हुनेछ । आर्मीले अब शनिबारको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।