नेपाली क्रिकेट

त्रिदेशीय शृंखलाअघि नेपालले पिएनजीसँग एकदिवसीय क्रिकेट खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्यु गिनी (पिएनजी) विरुद्ध दुई अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्ने भएको छ ।

नेपालले त्रिदेशीय ट्वान्टी २० क्रिकेट खेल्नुअघि पिएनजीविरुद्ध घरेलु मैदानमा दुई एकदिवसीय क्रिकेट खेल्न लागेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा त्रिदेशीय शृंखलाअघि चैत ११ र १२ गते पिएनजीविरुद्ध एकदिवसीय क्रिकेट खेल्नेछ ।

यसपछि नेपालले घरेलु मैदानमा पिएनजीसँगै मलेसियासम्मिलित त्रिदेशीय ट्वान्टी २० क्रिकेट शृंखला खेल्नेछ ।

घरेलु मैदानमा हुने शृंखला चैत्र १४ गते सुरु भई २१ गते सकिने छ ।

नेपाली टोली हाल आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ को तयारीका लागि श्रीलंका पुगेको छ । श्रीलंकामा नेपालले त्यहाका स्थानीय टोलीसँग अभ्यास खेल खेल्नेछ ।

डिभिजन २ मा आठ खेलबाट आठ अंक जोडेका नेपाल पाँचौ स्थानमा छ । लिगको शीर्ष स्थानमा रहेको ओमानले २० खेलबाट २९ अंक जोडेको छ ।