ट्वान्टी २० विश्वकप ग्लोबल क्वालिफायर्स

क्यानडाले फिलिपिन्सलाई दियो २१७ रनको लक्ष्य

मस्कट । ओपनर म्याथ्यु स्पुर्सको शतकीय इनिङप्रेरित क्यानडाले आइसिसी ट्वान्टी २० विश्वकप ग्लोबल क्वालिफायर्समा फिलिपिन्ससामू दुई सय १७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको क्यानडाले निर्धारित २० ओभरमा एक विकेट गुमाएर दुई सय १६ रनको योगफल खडा गर्यो ।

क्यानडाका ओपनर स्पुर्सले ६६ बलमा १४ चौका र तीन छक्कासहित अविजित एक सय आठ रन बनाए । यस्तै अर्का ओपनर रियान पठानले ४४ बलमा नौ चौका र दुई छक्कासहित ७३ रन बनाए । यसबाहेक, कप्तान नभनित धनिवालले अविजित २६ रन बनाए ।

फिलिपिन्सका हुजैफा मोहम्मदले एक विकेट लिए ।

समूह ‘बी’ नेपाल, फिलिपिन्स, क्यानडा र ओमान छन् ।