काठमाडौं । कप्तान रुबिना श्रेत्रीको अर्धशतकप्रेरित नेपालले दोस्रो ट्वान्टी२० खेलमा कतारसामु एक सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय २९ रनको योगफल खडा गरेको थियो । नेपालका लागि रुबिनाले ४८ बलमा चार चौका र एक छक्का मद्दतमा ५० रन जोडिन । त्यस्तै ओपनर कबिता कुँवरले ३१ रन रअप्सरी बेगमले अविजित २३ रन बनाइन् ।
नेपाली महिला राष्ट्रिय टोली तीन ट्वान्टी–२० खेलको मैत्रीपूर्ण श्रृंखलाका लागि अहिले कतार भ्रमणमा छ ।
कतारकी एन्जेली मरेले दुई विकेट लिइन भने अलिना खान र साबिजा पनायनले समान एक विकेट लिए ।
यसअघि मंगलबार भएकोे पहिलो खेलमा नेपालले कतारमाथि एक सय १९ रनको जित हात पारेको थियो । नेपालविरुद्ध कतार मात्र २७ रनमा सीमित भएको थियो ।
आइसिसी महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोटको तयारीमा लागि नेपाली टोलीले मैत्रीपूर्ण श्रृंखला खेल्न लागेको हो ।